२०८१ आश्विन ४
                           

बलेफी १ मेलडाँडाकी महिलाको हत्या भएकोे पुष्टि

सिन्धुपाल्चोक । हराएकी भनिएकी बलेफी गाउँपालिका १ मेलडाँडाकी महिलाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

विगत ५ दिनदेखि हराएकी ५७ वर्षिय धनमाया श्रेष्ठको शब भदौ २७ गते दिउँसो सुनकोशी नदीमा फेला परेको हो । शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग पठाइएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले सोमबार पत्रकार सम्मेलन मार्फत घट्का अभियुक्त सार्वजनिक गरेको छ । हत्याको आरोपमा गुल्मी कालिगण्डकी गाँउपालिका ४ ठेगाना भई हाल रुपेन्देहिको सैनामैना नगरपालिका ९ बस्ने रन बहादुर गाहालाई पक्राउ गरीएको छ । गाहा तल्लो बलेफी हाइड्रोपावरमा मजदुरको रुपमा कार्यरत रहेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

उपरीक्षक खड्काको अनुसार भदौ २६ गते इलाका प्रहरी कार्यालय जलवीरेमा धनमाया हराएको मौखिक सूचना आएको थियो । भोलिपल्ट उनको छोरीले खोजतलासका लागि निवेदन दिएपछिे धनमायाको खोजी सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा धनमायाको परिवारसँग सम्पर्क गरेर भदौ ३० गते शवको पहिचान खुल्यो ।

शंकाको आधारमा नियन्त्रणमा लिएका रनबहादुरसँग सोधपुछ गर्दा उनले धनमायाकै घरमा उनीसहित म र उनका छोरा कमलदास घरेलु मदिरा सेवन गर्दै थियौं, मदिरा सकियो खाँदाखाँदै । थप मदिरा लिएर म धनमायाको घरमा पुगें त्यतिबेला कमलदास आफ्नै घर फर्किसकेका रहेछन् । म र धनमाया थप मदिरा पिउने क्रममा विवाद भयो । धनमाया घर बाहिर निस्किइन् । धनमाया घर बाहिर निस्किएपछि तान्दै गर्दा घाँटीमा लगाएको माला, पोते चुँडिएको र लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा भेटेपछि खोलामा घचेडी दिएँको प्रहरी समक्ष बयान दिएका छन

हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार रन बहादुर र धनमायाका छोरा कमलदास साथी–साथी हुन् । उनीहरु प्रायजसो चिया खाजा, खाना अनि मदिरा सँगै खाने गर्दथे । त्यसदिन तीन जनाले सँगै पिएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्