७ असोज । जुगल गाउँपालिकाको कार्यलय बराम्चीमा सोमबार निशुल्क दन्त शिविर भएको छ । महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजको आयोजना तथा गाउपालिकाको सम्मन्यमा र ऊ समाज डेन्टल हस्पिटलको सहकार्यमा दुई दिने शिविर सन्चालन हुने भएको हो ।
पहिलो दिन आज गाउँपालिका अध्यक्ष रेशम स्याङबोले शिविरको उद्घाटन गरेका हुन् । शिविरले गाउँ बासीलाई सेवा पुग्ने अध्यक्ष स्याङबोले बताए । पहिलो दिन पालिका भवनबाट सेवा दिएको हो ।
स्थानिय बासीको सेवा गर्ने उदेश्यले स्थापना भएको संस्थाले अहिले दन्त शिविर आयोजना गरेको र आगामी दिनमा थप समाजिक कार्य गर्दै जाने संस्थाकी अध्यक्ष सरोजा श्रेष्ठले बताइन् ।
दन्त शिविरमा बालबालिका, किशोर किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकको बाक्लो उपस्थिति रहेको थियो । दन्त शिविरमा प्रेसर, सुगर जाँच , दाँत सफा गर्ने, दाँत निकाल्ने र दाँत सम्बन्धि डेन्टीसले परामर्श दिएका थिए । निशुल्क सेवा पाएपछि स्थानिय खुशी भएका छन् । ऊँ समाज डेन्टल हस्पिटलको चिकित्सकहरुले दन्त शिविरमा सेवा दिइरहेका छन् ।दोस्रो दिन मंगलबार नव ज्योती आवि कात्तिकेमा शिविर हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्