सिन्धुपाल्चोक । बलेफी गाउँपालिका विन्जेलका किसानले गाई भैंसी पालन गरी वार्षिक २ करोड ९८ लाख ८७ हजार आम्दानी गरिरहेका छन् । बलेफी ४ विन्जेल तल्ला गाउँका डिल्लीराम नेपालले एक वर्षमा १२ हजार ५ सय सत्र लिटर दुध बेचेको बताए । उनले दुध बेचेर ८ लाख १२ हजार ४ सय लिएको सुनाए ।
यस्तै अर्का किसान हुन ताराप्रसाद नेपाल । उनले वर्षमा ९ हजार ८ सय ९६ लिटर दुध विक्रि गर्ने गरेका छन् । नगद आम्दानी ६ लाख १६ हजार तीन सय बीस रुपैँया भएको नेपालले बताए । यस्तै तोयानाथले एक वर्षमा ८ हजार ५ सय चालिस लिटर दुध बेचेर ५ लाख ४८ हजार ४ सय कामाए ।
एकै गाउँमा दुग्ध पदार्थ उप्पाद गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको संस्थाका व्यवस्थापक द्वारिका नेपाल, सह व्यवस्थापक गीता सापकोटा, डेरीका अन्य कर्मचारीहरु माधवप्रसाद सुवेदी, जगन्नाथ नेपाल, पूर्णचन्द्र नेपाल, ऋषिराम नोल तथा सवारी चालक रामकाजी तामाङलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
यसैबिच वार्षिक रुपमा धेरै दुध बिक्रि संस्थाको गर्ने किसानहरुलाई वार्षिक उत्सवको अवसरमा प्रदेश सांसद सरल सहयात्री पौडेल र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङको हातबाट पुरस्कार प्रदा नगरिएको छ ।
सो अवसरमा टिका प्रसाद नेपाल, होमबहादुर भुजेल र हर्कबहादुर नेपालले गुणस्तरीय भंैसिको दुध बेचे बापत पुरस्कार पाए । नैनबहादुर तामाङ, फुलमाया सुवेदी र बल बहादुर दमै ७० वर्ष माथिको उमेरमा पनि दुध विक्री गरेको भन्दै जेष्ठ कृषकको रुपमा सम्मानित भए ।
सुनकोशी डटकम बाट
प्रतिक्रिया दिनुहोस्