२०८१ पुष ३
                           

ह्याङ्गर समाज उत्थान युवा समुहद्वारा आयोजित भलिबलको उपाधी मेलम्चीलाई

असोज २०, सिन्धुपाल्चोक । ह्याङ्गर समाज उत्थान युवा समुह द्वारा विजयदशमीको पावन अवसरमा आयोजना हुदै गरेको सिन्धुपाल्चोक जिल्लाव्यापी अन्तर वडास्तरीय पुरूष भलिबल प्रतियोगिता २०८१ को उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ।

ह्याङ्गर समाज उत्थान युवा समुहको आयोजनामा जिल्ला कै सर्वाधिक ठूलो धन राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता आईतबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा सिर्जनशिल युवा समुह छापलाई 3-0 को सेटमा पाखा लगाउदै मेलम्ची नगरपालिकाले उपाधी जितेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको याङलाकोटको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको मेलम्ची नगरपालिकाले उपाधी संगै ८० हजार, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छन्।
फाईनलमा हार ब्यहोरेको उपबिजेतामा सिमित रहदै सिर्जनशिल युवा समुह छापले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै प्रतियोगितामा बनकाली युवा समाज हाप्रा तृतीय हुँदै नगद २५हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् भने जलविरे १ बलेफिले सान्त्वना स्थान हुँदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

उक्त कार्यक्रम क्लबको अध्यक्ष अर्जुन तामाङ को अध्यक्षतामा युवा नेता बागमती सभा सदस्य माननीय सरल सहयात्री पौडेलको प्रमूख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्वाङबो वडा अध्यक्ष रवि तामाङ, माओवादी केन्द्र जुगलको इन्चार्ज युवा नेता जंग तामाङ , समाजसेवि युवा नेता माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु लगाएतको आतिथ्यतामा सम्पन्न भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि माननीय सरल सहयात्री पौडेलले खेलकुदको विकासले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत ऊर्जा दिने र युवाहरुलाई यस्ता खालका प्रतियोगिताले गतिशीलता र क्रियाशीलता प्रदान गर्ने हुदा आगमी दिनमा यस्ता खालका प्रतियोगिता सन्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।कार्यक्रम संचालक संगम तामाङले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्