२ कातिक , सिन्धुपाल्चोक । धार्मिक पर्यटकियस्थल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल दौडमा खोटाङकि निर्मला राई पहिलो भएकी छिन् । २८ किलोमिटर दुरीमा भएको दौडमा २ घण्टा २८ मिनेटमा पूरा गर्दै उनी पहिलो हुन सफल भएको हो ।
यसैगरी २ घण्टा ४९ मिनेटमा ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा दोस्रो भइन । यस्तै २ घण्टा ५८ मिनेटमा दौड पुरा गर्दै हेलम्बुकी नितु तामाङ तेस्रो भएकी हुन् ।
प्रतियोगितामा मेलम्चीकि अस्मिता भुजेलले ३ घण्टा ११ मिनेटमा र रोल्पाकि आश्मा विकले ३ घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चौथो र पाँचौ भएका छन् ।प्रतियोगितामा पहिलो, दोस्रो , तेस्रो , चौथो र पाँचौ हुनेले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद क्रमशः ५० हजार, ,२५ हजार ,१५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्