आवाज आट क्रिएशन प्रा.लीले निर्माण गरेको शैक्षिक चलचित्र”कालोपाटी निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिएको छ । । हरेक मानिसहरुमा फरक फरक क्षमता रुचि चाहना हुन्छ । त्यो विद्यालयमा पढदै गरिरहेका विद्यार्थीहरुमा पनि हुन्छ , कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् कोही साहित्य, गित संगितमा त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण किर्याकलापमा पनि सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको , अभिभावकले आफना बच्चाहरुलाई पढेन मात्रै भन्ने तर त्यसको कारण खोजी नगर्ने बानीले आज धेरै बालबालिका हरु मानसिक रोगको सिकार हुनुपरेको हाम्रै समाजमा देखिरहेका छौ । विद्यार्थीहरुमा आफू अभिभावको लागि मात्रै पढेको छु , हाम्रो चाहाना रुचि संग कोही मतलब राख्दैनन् भन्ने चिन्तामा छन । धेरै विद्यालयहरुमा आज पनि उहीँ पुरानो शैलीले शिक्षण किर्याकलापहरु भैरहेका छन । जसमा विद्यार्थी हरुको रुचि नरहेको कुरालाई नकार्न सकिदैन । र विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका शिक्षकहरु विच ठुलो खाडल छ । जसलाई पुर्न सकिएन भने त्यसले झन ठुलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन । यि र यस्तै विषय बस्तुहरुलाइ समेटेर चलचित्र कालोपाटी निर्माण गरिएको परिकल्पनाकार धितालले जानकारी दिए । यस चलचित्रको समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक ,अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ । सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा केही समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल,जनक घिमिरे प्रज्ञान वजगाँई नवराज गजुरेल ,रोहित कार्की ,गिता थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन दिपक घिमिरेले गरेका छन ।
प्रतिक्रिया दिनुहोस्