२०८१ पुष ८
                           

कस्तो रह्यो त युवराज दुलाल ‘शरद’ को प्रदेश सभा र सरकारमा दुई बर्ष? (प्रतिबेदन)

Yubaraj Dulal

प्रदेशसभा र सरकारमा दुई वर्ष (आ.व.२०७९/०८० र २०८०/०८१) मा सम्पादित कार्यको संक्षिप्त प्रगति प्रतिवेदन

युवराज दुलाल ‘शरद’
प्रदेशसभा सदस्य ,सिन्धुपाल्चोक २ (१) एवंं पूर्वभौतिक पूर्वाधार विकासमन्त्री
बागमती प्रदेश

आदरणीय मतदाता एवं निर्वाचन क्षेत्रका सम्पूर्ण महानुभावहरु,
हार्दिक नमस्कार !

बागमती प्रदेशसभा सदस्यको रुपमा यहाँहरुले निर्वाचित गरि पठाउनुभएको दुई वर्ष पूरा भयो । यस अवधिमा म करिव १८ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेँ भने बाँकी अवधि प्रदेशसभा सदस्यको जिम्मेवारीमा मात्र रहेको छु ।
यहाँहरुको प्रतिनिधिको हैसियतले आफूले वर्षभरि सम्पादन गरेका कार्यहरुको बारेमा संक्षिप्त भएपनि लिखितरुपमा जानकारी गर्नु जवाफदेहिता र पारदर्शिताको हिसाबले उचित ठानेर दोश्रो वर्ष पुनः यो कार्य विवरण प्रस्तुत गर्दैछु ।
यद्यपि, म यहाँहरुसँगै छु । यहाँहरुकै मार्गदर्शन र सुझावअनुसार काम गरिरहेको छु । मैंले गरेका कार्यबारे यहाँहरु धेरै अवगत नै हुनुहुन्छ । यो एउटा औपचारिकता मात्र हो । यो पूर्ण विवरण होइन । मुख्यकुरा मेरो जिम्मेवारीप्रतिको लगाव र यहाँहरुको मप्रतिको विश्वास नै मुख्यकुरा हो ।
निर्वाचनका समयमा मतदातासँग गरिएका प्रतिवद्धताहरुलाई चार समूहमा विभाजन गरि स्मरण गर्न चाहन्छु । ती हुन् ः–
एक ः जनताको दुःख सुखको सारथी बन्नेछु ।
दुई ः विकासको बाकस लिएर आउनेछु ।
तीन ः नीति एवं कानून निर्माणमा आफ्नो भूमिका निर्वाह गर्नेछु ।
चार ः साझा जनप्रतिनिधि भएर काम गर्नेछु ।

निर्वाचन क्षेत्रका विविध कार्यक्रममा सहभागिता ः–(पहिलो वर्षझैं) निर्वाचन क्षेत्रका शैक्षिक संस्था, सहकारी, खेलकुद आदि कार्यक्रममा सहभागिता, विकास निर्माणका योजनाहरुको शीलान्यास, सम्पन्न योजनाहरुको उद्घाटन, विकास निर्माण कार्यको रेखदेख र अनुगमन, प्राकृतिक विपद् कार्यमा सहयोगको भूमिका, जनतासँग भेटघाट, जनगुुनासो सुनुवाई आदि गरिरहेको छु ।
जनताको दुःख सुखमा जनप्रतिनिधिको भूमिकामा ः आफन्तको मृत्यु भई शोकमा रहेका परिवारसँग भेटघाट र समवेदना एवं सान्त्वना प्रदान, घाइते तथा विरामी भेटघाट र उपचारमा सहजता र सहयोग, बैदेशिक रोजगार पीडितका समस्या समाधानमा पहल, विवाह, ब्रतबन्ध, सप्ताह, पूजाजस्ता साँस्कृतिक एवं धार्मिक कार्यमा सहभागिता, अन्य व्यक्तिगत मुद्दामामिलामा सहजीकरणजस्ता जनसेवाका कार्यमा सम्भव भएसम्म सहभागी भएर कर्तव्य निर्वाह गरेको छु ।

निर्वाचन क्षेत्रसहित सिंगो २ नं. प्रतिनिधिसभास्तरमा विकास निर्माण सम्बन्धि कार्यः
(क) ठूला योजना ः
१. दिनेश राम्जी बहुप्राविधिक शिक्षालयको आफ्नै नवनिर्मित भवनबाट पठनपाठन सञ्चालन । नयाँ प्रशासनिक, क्यान्टिन र एकेडेमिक भवन निर्माण कार्यको लागि बजेट व्यवस्थासहित निर्माणकार्य प्रारम्भ गरिएको छ ।
२. चौतारा रंगशाला निर्माण कार्यमा निर्माण व्यवसायी पक्षलाई काम गर्ने वातावरण निर्माण गरी नयाँ विल्डिंग निर्माण सम्पन्न हुन लागेको । हाल ठेक्काको म्याद सकिएकोले आएको चुनौति हल गर्न निरन्तर प्रयासरत रहेको छु ।
३. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडकअन्तर्गत झ्याडी देउराली खण्डको निर्माणकार्य गत वर्ष नै सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीले कार्य ढिला गर्दा र वर्षा छिट्टै सुरु भएकोले थप तीन किलोमिटर मात्र पिच भएको र बाँकी यस वर्ष सम्पन्न हुने गरी बजेट व्यवस्थापन गरिएको छ ।
४.जिल्लाकै महत्वपूर्ण सडकको रुपमा रहेको नौबीसे चौतारा नवलपुर मेलम्ची सडक करिव ४२ कि.मि. पूरै कालोपत्रे हुने यसै बर्ष सुनिश्चित गरिएको छ । जसअन्तर्गत बाकी कुन्चोक नवलपुर शिखरपुर खण्ड करिव ८ कि.मि. यसै वर्ष ठेक्का लाग्ने निश्चित भएको छ ।
५. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडकको काभ्रेपलाञ्चोकतर्फ सिपाघाट चुरिथुम्का कात्तिके खण्डको ठेक्का लगाई सडक निर्माण कार्य सुभारम्भ गरी हाल निर्माण कार्य तीव्र गतिमा भएको ।
६. भञ्ज्याङ ठाँटी ढाँडखोला फट्केश्वर सडक कालोपत्रेको नयाँ ठेक्का लगाइ धमाधम कार्य भइरहेको ।
७. चनौटे थापाटार इचोक घोप्टेघ्याङ सडक कालोपत्रे तथा स्तरोन्नतिको ठेक्का लगाई निर्माणकार्य धमाधम भइरहेको ।
८. साँखु फट्केश्वर सडकअन्तर्गत छाप भञ्ज्याङबाट काठमाण्डौंतर्फ कालोपत्रेको लागि रु.४ करोड १० लाख तथा भञ्ज्याङबाट फट्केश्वर सम्मको मुख्य सडकको बाँकी करिव ५ कि.मि.सडक पिच गर्नको लागि बिउपुँजिको रुपमा ४ करोड १० लाख बजेट विजियोजन गरिएको ।
९. मेलम्ची शिखरपुर जोड्ने मेलम्चीखोला पुलको करिव ३७ करोड बजेटको सुनिश्चित गरि ठेक्का सम्झौतासमेत भइसकेको ।
१०. मेलम्ची भोताङ पाँचपोखरी सडकअन्तर्गत मेलम्ची खाल्डे खण्डको बाँकी सडक पिचको लागि ठेक्का गर्न चाहिने न्युनतम् बजेट ४ करोड १० लाख विनियोजन गरिएको ।
११. सिपाटार बढहरे न्यौपानेटार सडकको बाँकी खण्ड पिच गर्न ठेक्का प्रयोजनको लागि रु.२ करोड बजेट व्यवस्था गरिएको ।
१२. नर्सरी स्वाँराथोक सडकको लागि चौतारा साँगाचोकगढी नगरपालिकासँग समपुरक बजेटको रुपमा रु.२ करोड विनियोजन गरिएको ।
१३. मेलचौर कल्लेरी आरुबोटे सडक पिचको बजेट निरन्तरतामा व्यवस्था गरिएको छ ।
१४. मेलचौर चिलाउने कदमवास भैंसे सडक पिचको लागि बजेट निरन्तरतामा राखिएको ।
१५. भञ्ज्याङ रानीटार झ्याँडी सडकको लागि बजेट व्यवस्था गरिएको ।
१६. नर्सरी कटुञ्जे भिमटार सडकको पिच कार्य अघि बढाइएको ।
१७. डडुवा झुलेटार तथा डडुवा बस्नेतगाउँ सडक स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको ।
१८. स्याउले सिंपाल सडक र पुलको लागि बजेट व्यवस्था गरिएको ।
१९. रातोपुल पाल्चोक सडकको लागि बहुवर्षीय ठेक्का गर्न रु. २ करोड बजेट विजियोजन गरिएको ।
२०. मेलम्ची कटुञ्जे धुसेनी सिन्धुकोट सडक स्तरोन्नति गर्न रु. १ करोड बजेट विनियोजन गरिएको ।
२१. सिन्धुखोला गिरानचौर महभिर सडक स्तरोन्नति गर्न बहुवर्षीय ठेक्कामा रु. १ करोड बजेट विनियोजन गरिएको ।
२२. मेलम्ची ज्यामिरे गुफाडाँडा सडक पिचको ठेक्का निरन्तरताको लागि बजेट व्यवस्था गरिएको ।
२३. हेलम्बुको तार्केघ्याङबाट मेलम्चीघ्याङ जाने चोक्पु खोलामा पुल निर्माण गर्न रु. २ करोड २० लाख बजेट व्यवस्था गरिएको ।
बागमती प्रदेश सडक गुरुयोजना
म बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री छँदा सडक गुरुयोजना पारित गरिएको थियो । जसमा २५० सडक रहेका छन् । २० वटा प्रदेश लोकमार्ग र २३० प्रदेशमार्ग समेटिएको छ । सिन्धुपाल्चोकमा निम्नानुसारका सडकहरु प्रदेश सडक गुरुयोजनामा समावेश गरिएका छन् ।
प्रदेश लोकमार्गतर्फ
१. मैत्री मार्ग (बलेफी नौबीसे चौतारा सिपाघाट काठमाण्डौ)
प्रदेश मार्गतर्फ
२. भैंसे कदमवास चिलाउने मेलचौर सडक
३. साँगाचोक भञ्ज्याङ रानीटार झँ्याडी सडक
४. सानोसिरुवारी डौंठे जल्किने सडक
५. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडक
६. चौतारा स्याउले भोताङ सडक
७. स्याउले सिंपाल नवलपुर सडक
८. छाप भञ्ज्याङ ठाँटी ढाँडखोला फट्केश्वर सडक
९. ज्यामिरेमाने नवलपुर सडक
१०. गैटार बडहरे सिपाटार सडक
११. मेलम्ची ज्यामिरे गुफा ओखरेनी गोब्रे सडक
१२. पाँचपोखरी सडक (मेलम्ची तिपेनी कोट भोताङ)
१३. गाईपाइले टार गुन्सा सडक
१४. आमायांग्री मार्ग (मेलम्ची फट्टे दुवाचौर बाँसखर्क बरुवा याँग्री)
१५. मेलम्ची दुवाचौर ककनी शेर्माथाङ छिमी तार्केघ्याङ सडक
१६. रातोपुल पाल्चोक सडक
१७. गोसाइकुण्ड मार्ग (सुन्दरीजल चिसापानी पाटीभञ्ज्याङ कुटुम्साङ इचोक थापाटार चनौटे)
१८. जिरोकिलो मेलम्ची तिम्बु मेलम्चीघ्याङ सडक
१९. साँखु फट्केश्वर सडक
२०. सिन्धुखोला गिरानचौर महभिर हैबुङ पाटीभञ्ज्याङ सडक
२१. जहरसिंहपौवा भोटेचौर पीप्ले सिन्धुकोट धुसेनी मेलम्ची सडक
२२. तालामाराङ ओखरेनी थानकुने सडक
ख) मझौला योजना
७. जल्केनी नरसिंहडाँडा डौंठे सडक कालोपत्रे सम्पन्न ।
८. भञ्ज्याङ डडुवा वडा कार्यालयसम्म सडक कालोपत्रे सम्पन्न ।
९. सिस्नेखोला सुन्दरीपुर सडक स्तरोन्नति कार्य सम्पन्न ।
१०. नवलपुर ज्यामिरेमाने सडक कालोपत्रे निर्माण सम्पन्न ।
११. माथिल्लो सिपाखोला पुल र हाँडीखोला पुल, ग्याल्थुम सुरुङ पुल निर्माणकार्य (पाँचपोखरी) सम्पन्न ।
१२.स्याउले कातर्चे सिंपाल सडकको स्तरोन्नतिको कार्य जारी ।
१३. निउरेडिल केउरेनी बाँसखर्क बरुवा सडकको केउरेनी खण्ड निर्माण कार्य जारी
ग) साना योजना ः
निर्वाचन क्षेत्रका सबै वडा सम्बोधन हुने गरि स्थानीय साना सडक, सिँचाइ, नदी नियन्त्रण एवं संरक्षण, खानेपानी, खेलकुद पूर्वाधार, विद्यालय भौतिक पूर्वाधार, साना किसान भवन, सामुदायिक भवन, मन्दिर, गुम्बा, म्हाने, गढी, सहिदपार्क जस्ता धार्मिक साँस्कृतिक एवं पर्यटकीय पूर्वाधार, कृषि पूर्वाधार, विद्यालय बस लगायतका थुप्रै योजनामा बजेट व्यवस्थापन ।

प्रदेश सरकारका तर्फबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरु ः
१. प्रदेश सडक मर्मत सम्भार निर्देशिका जारी गरि लागु गरिएको । जसबाट प्रदेशका सडकहरुमा हेरालु राखी प्रदेशभर सयौंको संख्यामा रोजगारी सिर्जना गरिएको ।
२. प्रदेशका प्रत्येक जिल्लामा कार्यालय विस्तार गरिएको ।

३.महत्वपूर्ण विधयेकहरु जस्तै ः (क) तामाङ र नेवार भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धि विधयेक (ख) प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धि विधेयक (ग) स्थानीय तहको सेवाको गठन, सञ्चालन सम्बन्धि विधयेक लगायतका विधयेक प्रदेशसभामा पेश गरी ऐन निर्माण ।
४. जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवाको कानूनी व्यवस्था ।
५. खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन निरन्तरता ।
६.चेपाङ, बनकरीया, माँझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम सञ्चालन ।
७. १५ बेडको चौतारा अस्पताललाई ५० बेडको सेकेण्डरी अस्पताल बनाउने निर्णय कार्यान्वयन ।
८. सिन्धुपाल्चोक जिल्लामा समेत जनता आवास कार्यक्रम लागू गरिएको ।
प्रदेशका लागि महत्वपूर्ण कार्यः
घ) प्रदेश शहरी विकास तथा एकीकृत बस्ती निर्माण, प्रदेश श्रम तथा रोजगार नीति निर्माण लगायतका महत्वपूर्ण नीतिगत निर्णय र कार्यान्वयन ।

प्रदेश सरकारसँग बैदेशिक सहयोगका परियोजनाः
बैदेशिक सहयोग प्रदेश स्तरमा कार्यान्वयनका लागि सम्झौता – “ग्रामिण सडक सञ्जाल सुधार आयोजना ९च्ऋक्ष्ए(ब्ँ०” आयोजना कार्यान्वयनमा लगिएको ।

पार्टीसँग सम्बन्धित कार्यः पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका बैठक र योजना कार्यान्वयनमा सहभागी । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा आवश्यक स्थानीय तहहरुका काममा सहभागिता । पार्टीसम्बद्ध जनवर्गीय संगठनका कार्यक्रमहरुमा सहभागिता । पार्टी र सरकारका काम कारवाहीका सवालमा रेडियो, एफ.एम, टेलिभिजन, सामाजिक सञ्जाल आदि माध्यमबाट प्रचारप्रसार आदि ।

विकास आयोजनाको अनुगमन तथा गूणस्तरीय र निर्धारित समयमा योजना सम्पन्न गर्न सक्रिय पहलकदमीः
मन्त्रालय मातहत जिल्लाहरुमा रहेका सबै कार्यालयको निरीक्षण, अनुगमन र बैठक गरी जिल्लाहरुमा कार्यान्वयनमा रहेका म्याद सकिएका जीर्ण योजनाहरुको अनुगमन, सम्बन्धित निर्माण व्यवसायीहरुसँग बैठक र योजनाको गुणस्तरीयता कायम राखी छिट्टै निर्माण कार्य सम्पन्न गर्न आवश्यक निर्णय र पहलकदमीमा निरन्तर क्रियाशील ।

विविधः (क) दिगो, योजनाबद्ध र नतिजामुखी योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्था । बजेट व्यवस्थापन र कार्यान्वयनको सुरुवात ।
पालिका केन्द्रलाई नयाँ शहर निर्माण नमूना योजनाहरु सञ्चालन ।
(ख) अध्ययन भ्रमण ः १.यस वर्ष ः अष्ट्रेलियाको विभिन्न स्टेट पार्लियामेण्टको अध्यययन, स्टेट पार्लियामेण्टका सभामुख र सांसदहरुसँग अन्तरक्रिया र अनुभव आदानप्रदान ।
२. गत वर्ष ः जापान भ्रमण र जापानका सहायक विदेशमन्त्रीसँग बैठक गरी नेपालमा प्रदेशस्तरमा विकास कार्यमा साझेदार गर्न अपिल र केही परियोजना प्रस्ताव ।
(ग) प्रदेशसभामा उठेका जनसरोकारका जायज विषयको यथोचित सम्बोधन । प्रदेशसभामा विपक्षी दलको प्रतिनिधिको हैसियतले विकास निर्माण र जनसरोकारका विषयमा सम्वोधन ।

अन्त्यमा, एक जनप्रतिनिधिको रुपमा जनताप्रति समर्पित भएर निरन्तर जनसेवा र विकास निर्माणकार्य, कानून निर्माण, कानूनी अध्ययन लगायतको विषयमा क्रियाशील रहेको छु । मेरो एउटा सपना र विकासको नयाँ भिजन छ । त्यसैलाई अर्जुनदृष्टि बनाएर काम गरिरहेको छु । मैंले प्रतिनिधित्व गरेको प्रदेशसभा विकासमा नमूना बनाउने भनेर योजनाबद्ध रुपमा लागिरहेको छु ।
साझा प्रतिनिधिको प्रतिवद्धतामा विभिन्न राजनीतिक दलका केही गुनासाहरु पनि रहेका छन् । त्यसमा मेरा केही कमी कमजोरीलाई सुधार गर्दै लैजाने छु । स्थानीय तहसँगको सम्बन्ध राम्रो भएका पालिकाहरुमा विकास कार्य छिटो र व्यवस्थित भएका छन् । केही पालिकासँगको समन्वयलाई अझै जीवन्त बनाउन प्रयत्न गर्नेछु । र, पालिका प्रमुख एवं पदाधिकारीबाट पनि सोहीअनुसार समन्वयको अपेक्षा गर्दछु । म संलग्न पार्टी ने.क.पा.(माओवादी केन्द्र्र) सँगै जिल्लामा सक्रिय सबै राजनीतिक दलसँग निरन्तर अन्तरक्रिया, छलफल र समन्वयमा रहन प्रयत्नशील रहने नै छु । सबै सरकोकारवालासँग पनि उत्तिकै सम्पर्कमा रहेर यहाँहरुको मननयोग्य सल्लाह सुझावलाई समेटी जनसेवा, विकास निर्माण र नीति निर्माणको कार्यमा लागिरहने छु ।
धन्यवाद ।
नमस्ते ! अभिवादन !

 

 

प्रतिक्रिया दिनुहोस्