समावेशी तथा दिगो भविष्यको पुर्वाधार,अपांगता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ अन्र्तराष्ट्रिय अपांगता दिवस मनाएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा पुनर्स्थापना र विकासका लागी स्रोत केन्द्र आर सि आर डिको समन्वयमा भएको कार्यक्रममा आर सि आर डिका कार्यकारी निर्देशक सुर्यभक्त प्रजापतिले हेलम्बु गाउँपालिकामा अपाङ्गताको अवस्था,संस्थाले गरिरहेको काम,अपांगता भएका ब्यक्तिहरुको अधिकार, लगायतका विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रममा हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले समुदायकै आवस्यकताको आधारमा कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले एउटा पुनर्स्थापना केन्द्रको स्थापना गरि अपांगता भएका ब्यक्तिहरुको रुचि अनुसार कार्यक्रम तय गर्ने विषयमा छलफल गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामिछानेले संघ संस्थाले गरेको काम गाउँपालिकाकै स्वीकृतीमा गरेको उल्लेख गर्दै संस्थाले गर्यो पालिकाले गरेन भनेर नबुझ्न आग्रह गर्नुभयो । आर्थिक स्थिति कमजोर भएका हरुलाई आर्थिक सहायता समेत गर्ने गरेको उहाँले बताउनुभयो । पारदर्शी तरिकाले गाउँपालिका बाट काम भइरहेको उल्लेख गर्दै उपाध्यक्ष लामिछानेले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गरिरहेको दावी गर्नुभयो । संस्थाले सहयोग गरुन्जेल मात्र काम गर्ने संस्था वा पालिकाले सहयोग गर्न छोडेपछि नगर्ने परिपाटीका कारण समस्या भएको उहाँले बताउनुभयो ।
सामाजिक विकास समिति संयोजक छिरिङ ह्योल्मोले बालबालिका जस्तोसुकै अपांगता भएको भएपनि शिक्षा र स्वास्थ्यको पहुँचमा हुनुपर्ने गाउँपालिकाको धेय रहेको बताउनुभयो । हेलम्बु गाउँपालिकामा कस्ता अपाङ्गता भएको ब्यक्तिहरु छन् ,कस्तो अवस्थामा छन्,उनिहरुको आवश्यकता के के छ भन्ने गाउँपालिका संगको समन्वयमा सर्भे गरेको बताउनुभयो । उहाँले संस्था,अपाङ्गता संजाल र अभिभावक हरुबाट आएको प्रतिवेदनलाई अध्ययन गरेर गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले संघ संस्थाले गरेको काम पनि गाउँपालिका संग समन्वय गरेरै काम गर्नेगरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि अपांगता भएका ब्यक्तिहरुको अधिकार र आवश्यकतालाई मध्यनजर गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष खड्काले आफ्नो आवश्यकता लाई अधिकारको रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
अपाङ्गता समन्वय समिति हेलम्बुका सदस्य गोपाल गिरिले संघ संस्थाले सहयोग गरेपनि गाउँपालिकाले सहयोग नगरेको बताउनुभयो । उहाँले अपांगता भएका ब्यक्तिहरुको आवश्यकताको मुल्यांकन र सहयोग नभएको बताउनुभयो । उहाँले अहिले सम्म गाउँपालिका बाट कति पैसा बिनियोजन भयो,के के काममा खर्चभयो त्यसको बारेमा जानकारी गराउनपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्