सिन्धुपाल्चोक । जुगल गाउँ पालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । गाउँ पालिका को कार्यलय चनौटेमा गरिएको शिविरमा आज मात्र पैतिस जना बिरामीको आँखा शल्यक्रिया गरिएको छ । शिविर भोलि पनि सन्चालन हुने भएको छ।
जुगल गाउँ पालिकाको सहयोगमा रिडले आइ फाउन्डेसनको आर्थिक सहयोग मा सञ्चालन गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् ।
एकै पटक गाउँ पालिकामा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले जुगलमा मोतियाविन्दुको भयावह स्थिति देखिएको गाउँ पालिका अध्यक्ष को भनाइ छ । उहाँले भन्नुभयो आँखा परीक्षण शिविरमा आएका प्राय जसोमा मोतियाविन्दु देखा परेको छ । बढ्दो उमेर आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु उपचारको लागि आर्थिक अभाव धुलो र धुवाँ सँगै बिताउने जीवनशैलि बिरामीको अस्पतालसम्मको पहुँचमा कमी वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हुन् ।
मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेका छन् । जुगलमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ गाउँ पालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको जुगल गाउँ पालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
प्रतिक्रिया दिनुहोस्