२०८१ पुष ४
                           

चौतारा नवलपुर सडक अनुगमन, समयमा काम सम्पन्न गर्न पूर्वमन्त्रि दुलालको जोड

चौतारा नवलपुर, मेलम्ची सडक स्तरउन्नति आयोजनामा भइरहेको कामको अनुगमन गरिएको छ । मंगलबार दिउँसो बागमती प्रदेश सांसद एवम पुर्व भौतिक पुर्वाधार विकासमन्त्री युवाराज दुलाल, सांसद अमृता नेपाल, भौतिक पुर्वाधार विकास कार्यलयका सिनियर डिभिजनल इन्जिनियर प्रकास पौडेल, जनप्रतिनिधि, प्राविधिक लगायतका टोलीले अनुगमन गरेका हुन ।

पुर्वमन्त्री दुलालको पहलमा यस सडक स्तरउन्नति आयोजनाका लागी प्रदेश सरकारबाट २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रुपैयाँ बजेट बिनियोजन भएको थियो । सम्झौता अनुसार आउदो असार २२ सम्म निर्माण सकाउनुपर्नेछ ।
अनुगमनका क्रममा चौतारा झ्याँडी सडक खण्डमा २० प्रतिशत प्रगति भएको प्राविधिक शत्रुघन यादवले बताए । जम्मा ८.२ किलो मिटर रहेको यस सडक खण्डमा ठेक्का सम्झौता भएको १८ महिना वितिसक्दा यतिमात्र काम भएको हो । निर्माण ब्यवासायीको ढिलासुस्ती काम भएको भन्दै सम्झौता अवधीभित्र काम सम्पन्न गर्न पुर्वामन्त्री दुलालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी झ्याँडीदेखी नवलपुर सड्क स्तरउन्नतीमा ७ महिनाभित्र २३ प्रतिशत भौतिक र १७ प्रतिशत वित्तिय प्रगती भैसकेको प्राधिकले बताए । चौतारा झ्याँडीको सडकको तुलनामा भने यस सडक खण्डमा तीब्र गतीमा काम भइरहेको पाइएको छ । ८ किलो मिटर रहेको यस सडक खण्डमा अमर ज्योती भण्डारी गोल्मेश्वर जेवी कन्ट्रक्सनले निमार्ण ठेक्का पाएको आयोजना तोकिएको समयमा सम्पन्न गर्ने बताएका छन् ।

अनुगमनका क्रममा निर्माण ब्यवासायी, स्थानीय, प्राविधिक र जनप्रतिनिधिहरुलाई संगै राखेर सडक स्तरउन्नति आयोजना तोकिएको समयभित्र सम्पन्न गर्न पूर्वमन्त्रि दुलालले निर्देशन दिए । सडक, नाली, कालोपत्रे, ड्रेन आदि काम गर्दा स्थानियको गुनासो तथा असनतुष्टि, निमार्ण पक्षको समस्यालाई प्राविधिक सहित समझदारी गर्दै काम गर्न दुलालले आग्रह गरे । साथै गुणस्तरीय काम गर्न उनले जोड दिए ।

चौतारा नवलपुर, मेलम्ची सडक स्तरउन्नति आयोजनामा मापदण्ड अनुसार काम गर्न प्राविधिकले आफ्नो जिम्मेवारी वहन गरेको बताउदै निमार्ण पक्षले पनि छिटो छरितो काम गरेमा मात्र तोकिएको समयमा सकिने भौतिक पुर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकका सिनियर डिभिजनल इन्जिनियर प्रकास पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्