२०८१ पुष ८
                           

झोलुङ्गे पुलले जोड्यो बिप्लुङ र खानीडाँडा

निर्मल बस्नेत । सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेग बलेफी गाउँपालिका वडा नं. १ को विप्लुङ र जुगल गाउँपालिका वडा नं. ६ को खानीडाँडालाई झोलुङ्गे पुलले जोडेको छ ।

बागमती प्रदेश सरकारले बिनियोजन गरेको रकमबाट उक्त पुल निर्माण भएको हो । दुई पालिकाको सिमाना घिच्चे खोलामा निर्माण भएको झोलुङ्गे पुलको सिन्धुपाल्चोक १ का संघीय सांसद माधव सापकोटाले गरेका हुन् ।

सोहि क्षेत्रको बाट बागमती प्रदेश सांसद सरल सहयात्री पौडेल, अमृता नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वो लगायत स्थानीय उपस्थित थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु चुनावी बाचा पुरा गर्न बिकास लिएर गाउँगाउँ पुगिरहेका छन्् ।

दुई पालिकाको स्थानिय बासिन्दाहरूको दैनिक आवतजावतमा पुल निर्माणले टेवा पुगेको छ । चुनावमा मत माग्न पुगेका नेताहरुलाई स्थानीयको पुल निर्माण गरिदिनुपर्र्यो भन्ने माग रहेको प्रदेश सांसद अमृता नेपालले बताईन् ।

प्रतिक्रिया दिनुहोस्