२०८१ माघ २३
                           

सञ्चारकर्मीहरुसंग अपाङ्गताको सवालमा अन्तरक्रिया

चौतारा । सिन्धुपाल्चोक जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुसंग अपाङ्गताको सवालमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अपाङ्गताकाे सवालमा सञ्चारकर्मीको भूमिका बिषयमा अष्ट्रेलियन यड, सिबिएम ल्गोबल फ्रन्टमार्फत सप्रोस नेपालको सहयोगमा नगर अपाङ्गत ा समन्यव समितिको आयोजानमा भएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगाल लगायत रेडियो, पत्रपत्रिका र अनलाईनपत्रिकाको बिभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरु सहभागि थिए ।
उक्त कार्यक्रममा सप्रोस नेपालका कर्मचारी सुजन पराजुली र नगर अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले समाचार लेखनमा बिभिन्न बिषयबस्तु उठान गर्दा चयन गरिने शब्दहरु सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा भवन निर्माण आचारसंहिता अनुरुपको अपाङ्खतामैत्री पहुँचयुक्त भवन निर्माण नभएको, समाजमा अपाङ्खतालाई छुट्टै रुपमा हेर्ने गरेको तथ्यहरु पनि चर्चा भएको थियो । र सरोकारवाला निकायहरुवाटै भाषगत र अभिव्यक्तिगत रुपमा समस्या रहेको भन्दै निराकरणको लागि सम्वन्धित सेवाप्रदायक निकायहरुसंग सप्रोसले थप कार्यक्रम लिएर जानुपर्ने सञ्चरकर्मीहरुले सुझाव राखेका थिए ।

कार्यक्रमका सहजकर्ताहरुले अपाङ्गता अधिकार सम्वन्धि अन्तराष्ट्रिय महासन्धी २००६, नेपालको संबिधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४, नियमावली २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अपाङ्गता भएका व्यक्तिहरुका लागि पहँचयुक्त भौतिक संरचना एवं सञ्चार सेवा निर्देसिका २०६९, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ लगायत बिभिन्न ऐन, नीतित तथा कानुनी व्यवस्थाको सवालहरुमा अन्तरक्रिया गरिएको थियो । साथै राष्ट्रिय अपाङ्गता महासंघ नेपाल र अपाङ्गताको क्षेत्रमा काम गरिरहेको बिभिन्न संघसंस्थाले अवलम्वन गरेको व्यवहारिक पक्षहरुको समेत चर्चा गरिएको थियो ।

सप्रोस नेपालले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा अपाङ्खता भएका व्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन शशक्तिकरण कार्यक्रम (समानता) परियोजना सञ्चालन गर्दै आईरहेको परियोजना व्यवस्थापक महेश्वर ढकालले बताए ।

ढकालले बताए अनुसार नगरपालिका र गाउँपालिकासंगको सहकार्यमा सप्रोस नेपालले अपाङ्गताको तत्थ्याङ्क संकलन, कृषि उपकरण तथा बिउविजन सहयोग, बितिय व्ववस्थापन सम्वन्धि तालिम, सहायक सामग्रीको उपलव्धता, पठनपाठनमा सहायता, स्वास्थ्य शिविर तथा परिचय बितरण कार्यक्रममा सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्