दुर्गा श्रेष्ठ – जलवीरे ,जुगल गाउँपालिका-४ घुङास्थित आदर्श आधारभूत विद्यालयको वार्षिक अभिभावक भेलामा स्थानीय काजी सिलवालले बालबालिकालाई पाेशाक वितरण गरेका छन् । माओवादी केन्द्रका नेता तथा विभिन्न व्यवसायमा सक्रिय सिलवालले विहीवार विद्यालय परिसरमा ८५ जना विद्यार्थीलाई पाेशाक वितरण गरेका हुन् ।
माओवादी केन्द्र काठमाडाै सम्पर्क मञ्चमासमेत आबद्ध सिलवालले निम्नआय भएका बालबालिकालाई निजी खर्चबाट न्यानाे पाेशाक दिएका हुन् । सिलवालले आफ्नो व्यक्तिगत तर्फबाट जाडोमा न्यानो ट्रयाकसुट स्कुल ड्रेसको रूपमा बाल कक्षा देखि कक्षा ५ सम्मका ८५ जना विद्यार्थीलाई वितरण गरे । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो प्रमुख अतिथि थिए । तामाङ घेदुङ वागमती प्रदेश उपाध्यक्ष फूलकाजी स्याङबो, वाइसीएल नेपाल सिन्धुपाल्चोक जिल्ला सदस्य दिपक खत्री लगायतको उपस्थितमा थियाे ।
कार्यक्रममा अध्यक्ष रेशम स्याङ्बोले विद्यार्थी र विद्यालयको शैक्षिक र भौतिक प्रगतिको लागि स्थानीय सरकार सधै प्रतिबद्धता रहेको बताए। कार्यक्रम विब्यस अध्यक्ष दिनेश तामाङकाे सभापतित्वमा भएको थियाे ।
प्रतिक्रिया दिनुहोस्