सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले आगामी वर्ष १२ कक्षा सम्मको शिक्षा निःशुल्क बनाउने उदघोष गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालयबाट उक्त कुराको प्रतिबद्धता गरे ।
श्री कृष्ण रत्न गंगा माविको ७८ औँ बार्षिकउत्सव तथा ५० औँ अविभाबक भेलालाई सम्वोधन गर्दै सापकोटाले नगरसभाले पारित गरेर जाने बताए ।
वर्तमान शिक्षा हातमा प्रमाणपत्र लिने मात्रै होईन अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी रहेको बताए । उनले व्यवस्था परिवर्तन भएपनि आधारभूत रुपमा जनताको अवस्था परिवर्तन नभएकोले यसतर्फ लागिपर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
उनले रचनात्मक र सिर्जनात्मक रुपमा सकारात्मक योजना बनाएमा कुनै बखत बिमति नरहने र हुन नदिनेसमेत बताए । उनले नगरपालिकाले मेलचौरमा आवसिय रुपमा पठनपाठन गर्ने वातावरण तय गरिएको बताउदै आगामी बर्षसम्म २ सय भन्दा बढी बिद्यार्थी बनाउने लक्ष्य रहको सुनाए । उनका अनुसार जहाँ बाबुआमाबिहिन र बित्पन्नहरुलाई स्थान दिएका छाँै । आगामी दिनमा सिमान्तकृत,अल्पसंख्यक र पिछाहरुको लागि पनि समेट्नको लागि नीति अवलम्बन गरिने समेत जनाए ।
सापकोटाले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने प्रण गरे । शिक्षकहरुले प्रविधिको विकासलाई आत्मसाथ गर्दै खोजमूलक शिक्षामा जोड दिन आग्रह गरे ।
पूर्व सांसद कृष्णराज श्रेष्ठले कठिन परिस्थितिमा बिद्यालय स्थापना गर्ने संस्थापकहरु भक्तध्वज प्रधान र प्रस्तावकर्ता समुन्द्र प्रसाद श्रेष्ठको सम्झना गरे । श्रेष्ठले उक्त बिद्यालयमा २० बर्ष अध्यापन गराएको, १६ बर्ष बिद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेकाले पूर्व सांसद भन्दापनि पूर्व अध्यक्षको रुपमा प्रस्तुत हुँदा आनन्द प्राप्त हुने बताए ।
शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदीले शिक्षा देशको मेरुदण्ड भएको बताए । उनले शिक्षा पढ्नु मात्रै नभइ नैतिकवान चरित्रवान र अनुशासित बन्नु पनि हो भने । जसले समुदायलाई सामाजिकिकरण र कर्तव्यपरायन बनाउन सक्ने तर्क गरे । आगामी शिक्षा टिक्ने टिकाउने र बिक्ने बिकाउने शैक्षिक जनशक्ति उत्पादन गर्नमा जोड दिन बिद्यालयलाई आग्रह गरे ।
वडाध्यक्ष एवं वडा शिक्षा समितिका संयोजक शिव श्रेष्ठले बिद्यालयप्रति समुदायस्तरबाट प्रश्न उठ्ने गरेको सुनाए । उनले बिव्यस र बिद्यालय प्रशासनले उक्त कुरालाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले आम नगरबासीलाइ शिक्षित र समृद्ध बनाउनेमा लागिपरेको समेत बताए । आजभोली अभिभावकले बिद्यालयमा चासो नदेखाएको प्रति चिन्ता व्यक्त गरे । बिद्यार्थीको रुचि र चाहना अनुरुप शिक्षण गरिनुपर्ने र सिर्जनात्मक बनाउनुपनर्मो जोड दिदै शैक्षिक सुधारमा सरोकारवालाहरुको सहयोग रहनुपर्ने बताए ।
रामज्वती फाउन्डेसनका संरक्षक एवं समाजसेवी रामचन्द्र श्रेष्ठले बिद्यालयमा कसैले राजनीति गर्न नहुने तर्क गरे । उनी बिद्यालयको पूर्वबिद्यार्थी समेत रहेकाले स्कुलप्रतिको माया सदैव रहने बताए । उनले चौताराको शैक्षिक गुणस्तर कुनैवेलापनि बखत खस्किन नदिन बिद्यालयलाई आग्रह गरे ।
रामज्वती फाउण्डेशनले २ जना जेहेन्दार बिद्यार्थीहरुलाई १० हजारका दरले सहयोग उपलब्ध गराएको थियो ।
कार्यक्रममा सहयोगी र बिद्यालयमा योगदान पुर्याउहरुलाई सम्मान , उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
जसमा बिद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गर्ने चौताराका समाजसेवी एवं युवा व्यवसायी भुपेन्द्र थापालाई सम्मान गरिएको थियो ।
त्यस्तै बिद्यालयको बर्ष उत्कृष्ठ शिक्षकको रुपमा दिपेश सापकोटा र उत्कृष्ठ शिक्षक रेशम खत्रीलाई पनि सम्मान गरिएको थियो । साथै सोही अवसरमा लामो समय उक्त बिद्यालयमा शिक्षण गरेका हाल चौतारा बहुमूखी क्याम्पसका सहायक प्राचार्य राजेन्द्रकुमार श्रेष्ठ सम्मानित भए ।
पूर्व बिद्यालय कर्मचारी दिर्घसेवी अमरबहादुर श्रेष्ठलाई पनि उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
बिद्यार्थीहरुको विविध गीत नृत्य र सौन्दर्यात्मक साँस्कृतिक प्रस्तुतीले मनोरञ्जनात्मक प्रदान गरेको थियोे । साथै हाँस्यकलाकार धनश्याम तिमल्सीना (एन्टीना) र दिपक आचार्यको नेतृत्वमा रहेको लोककलाकर्मीहरुको दोहारी प्रतियोगीताले झनै आकर्षक बनाएको थियो । कलाकारहरुले बुवाआमाले छोराछोरी निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको टिप्पणी गरे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्राधानाध्यापक हर्षलाल तामाङको उद्घोषणमा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी, शिक्षक, बुद्धिजीबी, चन्दादाता, समाजसेवी, अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस् बिद्यालय जिल्लाको जेठो बिद्यालय हो । जहाँ १ हजार ५ सय माथी बिद्यार्थीहरुले अध्ययन गरिरहेको प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्