सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकामा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरकृया भएको छ । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा कार्यक्रमको भएको हो ।
कार्यक्रममा सभामुख भुवन कुमार पाठकले कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहेका बताए । पाठकल सबैको सहकार्य आवश्यक रहेको बताए ।
बागमती प्रदेशको कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने उपसभामुख अपसरा चापागाईले बताइन् । छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संसोधन गर्नुपर्ने धारणा राखे ।
यस्तै कार्यक्रममा संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले प्रदेशमा प्रदेशले निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्