२०८१ माघ ८
                           

भिमटारमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरू

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका १२ भिमटारमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरू भएकाे छ । आज  ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि महाेत्सवकाे शुरूवात गरिएकाे हाे ।

इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सवकाे आयोजना गरेकाे हाे । साँस्कृतिक महोत्सव यहि पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ । १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर कृषिलाई प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव संचालन गर्न लागेको महोत्सवका व्यबस्थापक तारा बहादुर खड्काले बताउनुभयाे ।

महोत्सवको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले महाेत्सवकाे लक्ष्य र उद्देश्य अनुरूप कार्यक्रम गर्न सबै नागरिकले सहयाेग गर्नुपर्ने धारणा राख्नुभयाे । नेपालकाे भुगाेल जस्तै ईन्द्रावती गाउँपालिका भएकाले नेपालकाे सबैखाले हावापाने ईन्द्रावतीमा रहेकाे नेपालले जानकारी दिनुभयाे ।

इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव शुरू भएकाेमा आफू उत्साहित भएको बताउनुभयाे । महोत्सव सफल पार्न आफुले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाअध्यक्ष दनुवारले जानकारी दिनुभयाे । आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उहाँको भनाई थियो ।  महोत्सवमा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतीलाई प्रदर्शन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्