२०८१ माघ २३
                           

आजदेखि आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ ।

आजका खेलहरू : 

इंग्ल्याण्ड यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५
अस्ट्रेलिया यू-१९ महिला भर्सेस् स्कटल्याण्ड यू-१९ महिला : विहान ८:१५
सामोआ यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५
बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
पाकिस्तान यू-१९ महिला भर्सेस् अमेरिका यू-१९ महिला : दिउँसो १२:१५
दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् न्युजिल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५

प्रतिक्रिया दिनुहोस्