रामकृष्ण थापा-सिन्धुपाल्चोक । चीन र नेपालकाे सीमानामा पर्ने काेदारी जंगलमा दुई दिनदेखि लागेकाे आगाे ३० घण्टापछि नियन्त्रणमा आएको छ ।
भाेटेकाेसी गाउँपालिका अध्यक्ष पासाङ नाेर्बु शेर्पाकाे निजी खर्चमा काठमाडौंबाट प्राइभेट हेलिकप्टर ल्याइ पानी खन्याएर डढेलाे नियन्त्रण गरिएको हाे ।
सिम्रिक एयरकाे हेलिकप्टरले भाेटेकाेसीबाट पानी ओसारेर डढेलाे प्रभावित क्षेत्रमा पानी खन्याइरहेकाे छ ।
लिपिङ बजारबाट माथि भिरकाे जंगलमा हिजाेदेखि डढेलाे लागेकाेले त्यसआसपास अन्य जंगलमा पनि आगलागी हुनसक्ने भएकोले हेलिकप्टर मगाइएकाे हाे ।
डढेलाे नियन्त्रणमा गाउँपालिका र नेपाली सेना लागिरहेकाे छ । काेदारीमा लागेकाे डढेलाे नेपालकाे सीमा कटेर चीनकाे जंगलमा समेत जान लागेकाेले हेलिकप्टर झिकाएर पानी खन्याएकाे अध्यक्ष शेर्पाले बताए । “पूर्णरूपमा डढेलाे नियन्त्रणमा आउन समय लाग्छ,” उनले भने ।
सीमावर्ती जंगलमा दिनहुँ डढेलाे लागिरहेकोले सरकारी निकायलाई हैरानी परेकाे छ । दिउँसभर हेलिकप्टरले पानी खन्याएपछि डढेलाे राेकिने विश्वास गाउँपालिकाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्