सिन्धुपाल्चोक । तत्कालिन नेकपा माओबादीले २०५२ साल फागुन १ गतेदेखी सञ्चालन गरेको १० बर्षे जनयुद्धमा समेल भएर योगदान गरेबापत जोडी नै सम्मानित भएका छन् । नेकपा (माओबादी केन्द्र ) जुगल गाउँपालिका तेस्रो सम्मेलनको अवसर पारेर उनीहरु सम्मानित भएका हुन् ।
उक्त जोडी जनयुद्धकै क्रममा एक आपसमा मायाप्रेममा बाँधिएर अन्तरजातीय रुपमा बैवाहिक सम्वन्धमा गाँसिका हुन् । उनीहरु हुन् सेलाङ गाविस वडा नम्बर ९ मा जन्मीएर २०६१ साल मंसिरमा भूमिगत भएका निर्मल बस्नेत(बिकाश) र दोलखा जिल्ला लापिलाङ गाविस वडा नम्बर ६ मा जन्मीएर २०५८ साल साउनबाट दोलखाबाटै माओबादी आन्देलनमा मोमिएका बिन्दु थामी (श्रद्धा) ।
बस्नेत सुरुवाती क्षणमा ईलाका र बिद्यार्थी संगठनमा सक्रिय रहदै जनकलाकारको भूमिकामा शृंखला साँस्कृतिक परिवार, अनेकोट स्मृति कम्पनी सिन्धुपाल्चोक, बोद्ले स्मृति साँस्कृतिक परिवार दोलखा र शैतिम स्मृति परिवार काभ्रेपलाञ्चोक जिल्लाका बिभिन्न भूगोलमा जनबादी गीत, संगीत र अभिनयमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै थामीले पनि सुरुवाती क्षणबाटै दोलखाको बोद्ले स्मति परिवार, सेनच्याङ साँस्कृति परिवार , शारदा साँस्कतिक परिवार गोरखा, केन्द्रिय सामना साँस्कृतिक परिवार, शैतिम साँस्कतिक परिवार काभ्रे, शृंखला साँस्कृतिक परिवार सिन्धुपाल्चोकमा जनकलाकारको रुपमा थुप्रै गाउँबस्तीहरुमा अन्ययायको बिरुद्ध न्याय र मुक्तिका आवाज बुलन्द पार्दै आएका एक कुशल कलाकार हुन् ।
उनीहरु दुवैले आफ्नो अध्ययनलाई बिचैमा छाडेका थिए ।
शान्ति प्रकृयापछि अध्ययनलाई जोडे थामी आठ कक्षा देखी पढ्दै आई एड सम्मको पढाई सकाएर बिएड संगै हाल सेलाङ माविमा शिक्षण गरिरहेका छन् । र, त्यस्तै बस्तेतले कक्षा १० बाट पुन जोडिएर बिए सम्मको अध्ययन सकाएर हाल एमएको अध्ययन गरिरहेका छन् ।
उनी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा समिति सदस्य एवं प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्लाका सचिवको भूमिकामा रहेका छन् । संगै बामपन्थी लेखक तथा कलाकारहरुको साझा फोरम प्रगतीशील लेखक संघ सिन्धुपाल्चोकको अध्यक्ष समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्