आईतबार समितिको तेस्रो सम्मेलन गाउँपालिकाको केन्द्र भाग ढाँडेमा सात वटै वडाका संगठीत सदस्यहरुको प्रतिनिधीत्वमा सम्पन्न भएको हो ।
सम्मेलनले उपाध्यक्षमा जग बहादुर तामाङ, इन्द्र बहादुर सिलवाल र महिला उपाध्यक्षमा क्रान्ति लामा योञ्जन, सचिवमा फुलकाजी तामाङ, सहसचिवमा मिन बहादुर श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण तामाङ निर्वाचित भएको निर्वाचन समितिको संयोजक दिप बहादुर थापाले बताए ।
३ बर्षे कार्यकालको लागि घिमिरेको अध्यक्षतामा ४१ गाउँपालिका समिति निर्वाचित गरेको छ ।
समितिको सदस्यहरुमा रबिन्द्र सिलवाल, गंगा बहादुर श्रेष्ठ, तारा कार्की अधिकारी, कुमार सुनार, रमेश सिलवाल, अमर बहादुर सिलवाल, लाक बहादुर गोले, सुनमाया बिक, फुलमाया स्याङ्वो , तेन्जी शेर्पा, रोमन लामा, प्रतिलाल तामाङ, सञ्जु नेपाली, सीता श्रेष्ठ, हर्क लामा, भुवाल सिलवाल, मेनुका गुभाजु, कुमार नेपाली , बिर बहादुर श्रेष्ठ, सुप्पाकाजी तामाङ, कान्छालाल तामाङ, चन्द्र बहादुर बिक, कृष्णलाल श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, कुञ्जरमणी अधिकारी, चमा सिं तामाङ, दिनेश बिक, दिपक खत्री, तिलकमाया बिक, पदमकुमारी श्रेष्ठ, बल बहादुर श्रेष्ठ, जयलाल तामाङ, चन्द्रलाल लामा र मैना तामाङ रहेका छन् ।
त्यस्तै लेखा समिति प्रमुख चिनलाल श्रेष्ठ, अनुशासन समिति प्रमुख मोहन श्रेष्ठ र निर्वाचन समिति प्रमुखमा दिप बहादुर थापा निर्वाचित भएका छन् ।
पार्टी केन्द्रिय सदस्य केशव नेपालको प्रमुख आतिथ्यतामा सम्मेलनको उदघाटन कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य माधव सापकोटा, केन्द्रिय सदस्य अमृता नेपाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेश सदस्य, गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो लगायत नेताहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
१ हजार हाराहारी सहभागि रहेको कार्यक्रम अघिल्लो समितिका अध्यक्ष इश्वर गुभाजुको अध्यक्षतामा सचिव इन्द्र सिलवाल र सहसचिव फुलकाजी तामाङले सञ्चालन गरेको थिए । कार्यक्रममा गाउँपालिकाको सवै भुगोलबाट उत्साहपूर्वक कार्यकर्ताहरु सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्