युएईमा छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न भएको छ । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको सहकार्यमा ‘छैठौँ ज्योती फिल्मस म्युजिक अवार्ड’ सम्पन्न भएको हो । रक नमस्ते रेस्ट्रो युएईको बर दुबाईमा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्व रहेको थियो ।
९ फेब्रुरी २०२५ मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि यूएईका लागि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल, कार्यक्रम संयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरुबाट कलाकर्मी तथा श्रष्टाहरुलाई संयुक्तरुपमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट अवार्ड पाउन सफल कलाकर्मी, श्रष्टाहरुमा लोकदोहोरी गायिका सोनी कुवँर, काँठे गीत गायक दिनेश श्रेष्ठ, लोकदोहोरी भिडियो छायाँकार चक्र बहादुर बराल, लोकगीत शब्द सोनी भण्डारी, बाल कलाकार श्रीरीयसी गुरुङ, मौलिक कौडा गीत गायीका सारीता थापा मगर, काँठे गीत शब्द गोकुल ढकाल, काँठे गीत गायिका ‘जुरी’ रीता लामा, आधुनिक मोडेल ‘जुरी’ सुजता पाण्डे, लोकदोहोरी मोडल अफ दि यर करिश्मा ढकाल, म्युजिकल फिल्म यस कुमार, इन्करेजमेन्ट अवार्ड सविता भुषाल रहेको राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीले जानकारी दिए ।
त्यसैगरी सम्मानतर्फ गायिका संगम लामिछाने, समाजसेवी मदन बिक र कमल ज्ञावली, शंखर क्षेत्री ‘जुरी’, सविना कार्की ‘जुरी’, हेमराज कटुवाल, अशोक कुमार सापकोटा, निरा तामाङ, टिका दाहाल, पुण्य लुईटेल पुजन, चित्र गुरुङ, समीर आचार्य, विष्णु प्रसाद पौडेल, राम लामा, सुनिल श्रेष्ठ, पुर्णिमा घिसिङ लगायतका कलाकर्मी तथा समाजसेविहरुलाई सम्मान गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्