२०८१ फाल्गुन २८
                           

चौतारा साँगाचोकगढीमा महिला जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूविच अभिमुखीकरण

चौतारा साँगाचोकगढी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने अभिमुखीकरण गरिएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिकको हक हितका लागि काम गररिहेको नगरप्रमुख सापकोटाले बताए ।

कार्यक्रमको सहजिकरण गर्दै उपप्रमुख सिता थापाले महिला जनप्रतिनिधिहरुलाई काम कर्तब्य, न्यायिक समितिका बारे जानकारी गराई अगामी दिनमा काम गर्न सहज हुने गरी बुझाइएको थियो । साथै वडासदस्य महिलाहरुको अनुभव सुन्ने र स्थानिय तहमा भएको न्यायिक समिति मार्फत समुदायका विभिन्न विवाद, उजुरीहरु समाधान गर्ने बारे उपप्रमुख थापाले प्रष्टपारेकी थिइन् ।

चौतारा साँगाचोक गढी नगरपालिकाको सभाहलमा महिला जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूविच अभिमुखीकरण कार्यक्रम भएको छ ।

नगरपालिका भित्रका वडा सदस्य, कार्यपालिका सदस्य लगायतका महिला जनप्रतिनीधिहरुलाई मानब अधिकार, महिलाको हक अधिकार, जनप्रतिधिको काम कर्तब्यका बारे जानकारी दिने तथा अनुभव सुनाइएको थियो ।

सम्बन्धित विषयमा काम गर्दै आइरहेका प्रशिक्षक पुर्व सहसचिब रत्नकाजि बज्राचार्य, मानब अधिकारकर्मी, सुरक्षाकर्मी, नगरपालिका प्रमुख , उपप्रमुख लगायतले सहजिकरण तथा अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले अभिमुखिकरण मार्फत धेरै कुराहरु थाहा पाएको र अगामी दिनमा काम गर्न सहज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्