सिन्धुपाल्चोक । जालपादेवी मावि बलेफी- ४ विन्जेलकाे ५० औं वार्षिकोत्सब समाराेह सम्पन्न भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालकाे प्रमुख अतिथ्यतामा सम्पन्न समाराेहमा विद्यालयकाे स्वर्ण स्मारिकाकाे समेत बिमाेचन गरिएको थियाे ।
२०३२ सालमा जगन्नाथ नेपाल, रामचन्द्र नेपाल,रुद्र नाथ नेपाल, मुक्तिनाथ तिमिल्सिना, जगन्नाथ नेपाल, बालकृष्ण नेपाल, डेगनाथ नेपाल, सूर्यनाथा नेपाल र धन बहादुर सुवेदीको अगुवाइमा विद्यालय स्थापान भएको थियाे ।
सभालाई सम्वाेधन सर्दै अध्यक्ष दाहालले शिक्षा विधेयक दुबै सधनवाट छिट्टै पास भए संगै शिक्षा क्षेत्रकाे वृहत्तर सुधारकाे बाटाे खुल्ने बताउनु भयाे ।
सभामा संविधानसभा सदस्य माधव सापकाेटाले विद्यालय शिक्षामा सुधारकाे लागि प्रविधिक र व्यवहारिक शिक्षामा जाेड दिनु पर्नु पर्ने बताए । सभामा संविधानसभा सदस्य केशव नेपाल, बागमती प्रदेश सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङले मन्तव्य राखेका थिए ।
त्यसैगरी बलेफी गाउँपालिका पूर्व अध्यक्ष केदार क्षेत्री , नेपाली कांग्रेस बलेफी पालिका अध्यक्ष रामकुमार तामाङ र शिक्षा प्रेमी दीपकलाल पराजुली, शिक्षक गंगा प्रसाद पाैडेल लगाएतकाले मन्तव्य राखेका थिए । सभामा विद्यालयलाई सहयाेग गर्नु हुने उप प्रधान संरक्षक, सह प्रधान संरक्षक, संरक्षक, अजिवन सदस्यलाई सम्मान गरिएको थियाे ।
प्रतिक्रिया दिनुहोस्