२०८१ चैत्र १
                           

श्री सिद्धि गणेश माविको व्यवस्थापन समिति अध्यक्षमा उमा प्रसाद दुलाल

चौतारा साँगाचोकगढि नगरपालिका ७ सानोसिरुवारीस्थित श्री सिद्धिगणेश माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा उमाप्रसाद दुलाल चयन भएका छन् । विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा भने दिनेश दुलाल चुनिए ।

विव्यसको सदस्यमा विजय नेपाल, सितादेवी श्रेष्ठ र सुस्मिता थापामगर निर्वाचित भए । समीर दुलाल र विन्दा घिमिरे मनोनित गरिए । शिअसंघमा भने सीता तामाङ , रेणुका श्रेष्ठ , राजेश श्रेष्ठ र प्रकाश रिजाल निर्वाचित भएको नगर शिक्षा अधिकृत मातृकाप्रसाद आचार्यले बताए ।

शनिबार विद्यालयमै भएको अभिभावक भेलाले उनिहरुलाइ आगामी तीन वर्षसम्मको लागि विद्यालय सम्हाल्ने बागडोर हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्