२०८१ फाल्गुन २८
                           

अपाङ्गता समन्वय समितिद्धारा चौतारा साँगाचोकगढी नगरपालिकालाई सम्मान

चौतारा । चौतारा साँगाचोकगढी नगरापलिकाले पछिल्लो चरण गरेको नगरबासी नागरिकको स्वास्थ्य विमा गर्ने निर्णयको स्वागत गरेको छ । नगरपालिकाले सवै प्रकृतिका अपाङ्गता भएकाहरुलाई उक्त बिमा कार्यक्रममा समेट्ने निर्णयको सम्माान गर्दै मंगलबार एक कार्यक्रमको बिच अपाङ्गता समन्वय समितिद्धारा नगरपालिकालाई सम्मान गरेको हो ।

समतिले आयोजना गरेको सरोकारवाला निकायको नीति तथा कार्यक्रमको अपाङ्गता समावेशी समिक्षा कार्यक्रममा नगरपालिकालाई गरिएको सम्मान दोसल्ला सहित उपप्रमुख सीता थापालाई प्रदान गरिएको थियो ।

यसभन्दा अघि जेष्ठ नागरिक , क र ख बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र स्वास्थ्य विमा गर्दै आएको थियो । गत महिनाको १६ औँ नगरसभाको निर्णयमा नगरबासी अति दलित , बित्पन्न, सिमान्तकृत समुदाय माझी , पहरी र दनुवार, जनयुद्ध र जनआन्दोलनका घाईते, शहीद तथा बेपत्ता परिवार, खेलाडी र सवै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको लागि नगरपालिकाकै खर्चमा बिमा गराउने निर्णय भएको थियो ।

बिमाको लागि आवश्यक रकम प्रति व्यक्ति -परिवारको लागि लाग्ने ३ हजार ५ सय रुपैँया नगरपालिकाले बेहोर्नेछ र उनीहरुले बर्षमा एक लाख सम्मको स्वास्थ्य सेवा लिन पाउनेछन् । यस निर्णयमा नगरापालिकाभरका १ हजार भन्दा बढी व्यक्तिहरुले सुबिधा पाउने नगरपालिकाले जनाएको छ ।

महिला वालवालिका र अपाङ्गताको क्षेत्रमा काम गर्ने साझेदार संस्थाहरुसंगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा गठित समन्वय समितिले नगरपालिकालाई सम्मान गरेको हो । उक्त कार्यक्रममा नगरपालिकासंग साझेदारी गरेर काम गरिरहेको गैरसरकारी संस्था सप्रोस नेपाल र महिला आत्मनिर्भरता केन्द्रले व्यवस्थापकीय भूमिका निर्वाह गरेको थियो ।

यसभन्दा अघि नेपाल सरकारले क र बागमती प्रदेश सरकारले ख बर्गको अपाङ्गता भएकाहरुको विमा गराउँदै आएको थियो । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा नीतिगत रुपमा अन्य कार्यक्रम गर्नका लागि कार्यबिधीको सवैले महसुस गरेका थिए । यस सन्दर्भमा पनि व्यापकरुपमा छलफल भएको थियो ।

छलफलमा अपाङ्गता समन्वय समिति, सप्रोस , मांक र नगरपालिकाको उपप्रमुख थापासहित सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतम, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पशुसेवा र महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारीहरु सहभागि थिए ।

कार्यक्रममा सप्रोस र मांकले चालु आर्थिक बर्षमा गर्दै आएको कामहरुको जानकारी गारएको थियो । जसमा सप्रोस नेपालबाट समानता परियोजना व्यवस्थापक महेस्वर ढकाल र मांकबाट सिन्धु स्वास्थ्य परियोजनाका स्वास्थ्य सहजकर्ता मिनु देउजाले हाल नगरकै अनुमतिमा सञ्चालित कार्यक्रम र बजेटको बिषयमा पावरप्वाइन्टमा प्रस्तुत गरेका थिए । उनले समुदायमा आधारित समावेशी बिकासका आधारमा अपाङ्गता हक अधिकार ऐन २०७४ को व्यवस्थाबारे सवैलाई जानकारी गराएका थिए ।

अझ अहिले गैर सरकारी संस्थाप्रति बिभिन्न टिकाटिप्पणी हुँदै आएको पाईन्छ । यस कुरालाई चिर्नको लागि संस्था पनि पारदर्सि रुपले प्रस्तुत हुन्छ भन्ने एउटा गतिलो उदाहरण सप्रोस नेपालले प्रस्तुत गरेको छ । सप्रोसका परियोजना व्यवस्थापक महेश्वर ढकालले एक बर्षको अवधिमा सञ्चालित परियोजनाको सम्पूर्ण खर्च बिवरण नगरपालिकालाई पेश गरेका छन् । यसले स्थानीय सरकार र संस्थाबिचको बिस्वसनीता बढाएको छ ।

कार्यक्रममा चालु आर्थिाक बर्षको बाँकी कार्यक्रम नगरपालिकाको टिम र संस्थाबिचको निरन्तर समन्वयमा गर्ने र आगामी बर्षको कार्यक्रमहरु प्रभावकारी रुपमा तय गर्नका लागि भनेर बृहत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्