२०८१ माघ २
                           

युवालाई गाँउ फर्काउन कालिज पालन (भिडीयो रिपोर्ट)

गाँउका युवाहरु कामको खोजीमा कोही शहर पस्ने त कोही विदेशने क्रम बढेपछि थुम्पाखरका केही युवाहरुले गाँउमै पनि केही गर्न सकिन्छ भन्ने देखाउन नयाँ व्यवसाय शुरु गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ६, थुम्पाखरका युवा व्यवसायीहरुले जिल्लामै पहिलो पटक कालीज पालन गर्न थालेका हुन् ।

भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा.लि मार्फत कालीज पालन शुरु गरेका युवाहरुले सो व्यवसायको लागि १३ लाख भन्दा बढी लगानी गरिसकेका छन् । शुरुमा कालीज राख्ने बलीयो खोर बनाउन र चल्ला खरिद गर्न मात्रै १० लाख लगानी गरेका उनीहरुले खोरको स्तरोन्नती तथा दाना खरिद गर्न थप रकम खर्चेका हुन् । शुरुमा बढी लगानी परेजस्तो लागेपनि यसको उत्पादन विक्रि हुन थालेपछि पनि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि नाफा हुन थाल्ने उनीहरुको भनाई छ ।

कालीज पालन गर्न खासै प्राविधिक ज्ञानको आवश्यक नपर्ने र अरु पंक्षीभन्दा मृत्युदर धेरै कम हुने भएको आफुहरु यसको पालनमा लागेको प्रा.लि.का अध्यक्ष रामचन्द्र कार्कीले बताए । सरकारले पछिल्लो समय कालीज पालनमा सहयता गर्ने समेत निती लिएकोले आफुहरु उत्हासीत भएर यसको पालन गर्न थालेको उनले बताए । अहिले अण्डा तथा चल्ला विक्रि गर्ने उद्येश्यले मात्रै माउ कालीज ल्याइएको र यसबाट उत्पादन भएको चल्लाबाट भने मासु प्रयोजनको कालीज उत्पादन गरिने उनले बताए ।

नेपालमा कालीजको उपचारको लागि छुट्टै जनशक्ति नभएकोले ब्रोइलर कुखुरा विशेषज्ञबाट नै उपचार गराइरहनु परेको प्रा.लि.का सदस्य मधुसुदन कार्कीले दुखेसो पोखे । प्रतिगोटा तीन हजार पाँच रुपैंया पर्ने कालीजको बिमा पनि ब्रोइलर कुखुराकै मूल्य २५० मा बिमा गर्नुपर्ने भएकोले त्यसबाट पनि आफुहरु मर्कामा परेको उनको गुनासो छ ।

राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाहरुले यसरी गाँउमै बाझो रहेको जग्गाको उपयोग गरि कृषी तर्फ फर्कदा सरकारले पनि उनीहरुको समस्याको समाधानको लागि उपचार र बिमामा विशेष व्यवस्था गरिदिने हो भने अन्य युवाहरुलाई पनि यसतर्फ आकर्षीत गर्न सकिने उनीहरुको भनाइ छ ।

भिडीयो:

https://www.youtube.com/watch?v=3ptc_dI4tHQ

 

प्रतिक्रिया दिनुहोस्