साउन ३, अहिले स्थानीय तहहरूले करारका कर्मचारी हटाउन थालेका छन्। २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई हटाउन थालिएको हो। सिन्धुपाल्चोकका ४ वटा स्थानीय तहले पाँच वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई निष्कासन गरेको छ । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका र इन्द्रावती गाउँपालिकाले करारका कर्मचारी हाजिर नगराएपछी कार्यालयको दैनिक कामकाज समेत प्रभावित भएको छ । पाँच वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई हटाएपछि स्थानीय सरकारको सेवा प्रवाह प्रभावित भएको हो ।
पालिकाले गरेको पत्राचारमा करार सम्झौता थप नहुने निर्णय भएकाले अर्को निर्णय नभएसम्मका लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ। हाजिर भएमा गाउँपालिकाबाट तलब भत्ता भुक्तानी नहुने उल्लेख छ । बाह्रबिसेले नगरसभाबाटको निर्णयबाट ५० करारका कर्मचारी हटाएको छ। एक सय करारका कर्मचारीमध्ये ५० जना हटाउने निर्णय भएको बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले बताउनुभयो। बस्नेतले ‘करारका कर्मचारी हटाएर त्यस्तो बजेट विकासमा लगाउँने समेत बताउनुभयो । यद्यपि, कर्मचारी अभावले शिक्षा, स्वास्थ्य र पञ्जीकरण शाखा विशेष प्रभावित भएको छ।
यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा करारका ७१ कर्मचारी हटाउने निर्णय गर्यो । कर्मचारी नहुँदा अहिले शिक्षा, स्वास्थ्य, प्राविधिक फाँट र सामाजिक सुरक्षा भत्ताको सेवाप्रवाह अवरुद्ध भएको छ।
यता, सुनकोसी गाउँपालिकामा बजेट पारीत जहुदा सयभन्दा बढी करारका कर्मचारीलाई हाजिर नगराउने निर्णय गरेको छ । कांग्रेसबाट विजयी गाउँपालिका उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य दोस्रो गाउँसभामा पनि उपस्थित नभएकाले बजेट, नीति तथा कार्यक्रम पारित हुन सकेको छैन। बजेट पारित नभएकाले करारका कर्मचारीलाई हाजिर नगराइएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्