२०८१ मंसिर ७
                           

पहिलो पटक चौताराकी बर्षा प्रधान सहितको १५ जना नेपालीद्रारा अमेरिकाको माउन्ट बेकरको सफल आरोहण

साउन ८, उत्तर अमेरिकाको सियाटालस्थित माउन्ट बेकर हिमालमा पहिलो पटक १५ जना नेपालीले सफल आरोहण गरेका छन । उक्त टोलिले जुलाइ १७ को दिन सफल आरोहण गरि शिखरमा नेपालको झण्डा फर्फराएको हो । नर्थवेष्ट शेर्पा एसोसियसनको आयोजनामा भएको उक्त अभियान सगरमाथामा १७ औ पटक तथा पहिलो सेभेन समिट आरोहण गर्न सफल ल्हाक्पा रिता शेर्पाको नेतृत्वमा र ५ पटक सगरमाथा आरोहण गरेका जाङबु शेर्पा गार्मा र जिग्मे शेर्पा पाङबुचेको सह नेतृत्वमा भएका हो ।

नर्थवेष्ट शेर्पा एसोसियसनका अध्यक्ष आङ जाङबु शेर्पाका अनुसार यस पटकको अभियानबाट संकलन हुने रकम सियाटालमा निर्माण हुन लागेको शेर्पा सामुदायिक केन्द्रको लागी खर्च गरिने छ । १० हजार ७ सय ८१ फिट उचाईमा रहेको माउन्ट बेकरमा पुग्ने सदस्यहरुमा आङ जाङबु शेर्पा खरिखोला, पासाङ ग्याल्जेन शेर्पा छेर्मादिङमा, आङ बाबु शेर्पा लुरा, सोलु, , निमा नुरु शेर्पा छेर्मादिङमा, निमा नुरु लामा फाप्लु , सोलु, वर्ष प्रधान सिन्धुपाल्चोक चौतारा , अङ्गत् पुन भैरहवा , निल तिलिजा राम्चे, म्याग्दी, ईसा तिलिजा राम्चे, म्याग्दी , शिव श्रेष्ठ सिन्धुपाल्चोक , विवेक राना गोर्खा र सन्तोष गुरुङ नुवाकोटका रहेका छन् ।
पहिलो पटक नेपाली टोलि माउन्ट बेकर पुगेर फर्केको क्षण निकै अविष्मरणीय बन्यो ‘ आरोहण दलका बर्षा प्रधानले बताउनुभयो ।

एसोसिएसनको केन्द निर्माणको लागी अगस्ट १ देखि ३ तारिखसम्म १२ सदसिय गैर नेपाली महिलाहरुको टोलीले माउन्ट रेनियर हिमालको आरोहण गर्ने भएको छ भने आगामी बर्ष माउन्ट बेकर हिमालमा ३ अमेरिकी नेपाली आरोहण टोलि आयोजना गर्ने योजना रहेको अध्यक्ष आङ जाङबु शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्