काठमाडौँ, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।
काठमाडौंमा दुई दिनदेखि जारी सी चिनफिङ विचारधारासम्बन्धी छलफलको दोस्रो दिन दुई पार्टीका नेताहरुबीच भाइचार सम्बन्ध स्थापित गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
विचार आदान प्रदान तथा छलफल कार्यक्रमको दोस्रो दिन दुई पार्टीका नेताहरुले सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी पत्र लेनदेन गरेका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा उक्त समझदारी भएको हो । समझदारीमा पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्