२०८१ मंसिर ६
                           

चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय संग समन्वयात्मक बैठक सम्पन्न

साउन १९ — सिन्धुपाल्चोक जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रतिनिधि संग चौतारा साँगाचोकगढी नगरपालिकाले समन्वयात्मक बैठक गरेकोे छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा विहिबार बसेको वैठकमा नवनिर्वाचित जनप्रतिनिधि र जिल्ला स्थित सरकारी कार्यालयहरु संग परिचयात्मक कार्यक्रम गरिनुका साथै नगर भित्रका विषयगत कार्यालयबाट सञ्चालित तथा सन्चालन गरिने कार्यक्रम हरुको जानकारी गराउनुका साथै कार्ययोजना समेत बनाईएको छ ।
स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सम्पादन गरिने कार्यक्रममा नगर संग समन्वय, सहकार्य र साझेदारीका लागि बैठकले सहयोग पुराएको चौतारा साँगाचोकगढी नगरपालिका उप प्रमुख सिता थापाले बताउनुभयो ।
बैठकमा चौताराको बजार ब्यवस्थापन, शान्ती सुरक्षा र विपद ब्यवस्थापका क्षेत्रमा सहकार्य र समन्वयबारे कार्यलय प्रमुखले नगरपालिकालाई सल्लाह सुझाव समेत दिएका थिए । कार्यक्रममा मेयर कृष्ण प्रसाद सापकोटाले चौतारा जिल्लाको सदरमुकाम समेत भएकोले यो स्थानको दिगो विकासको लागि समन्वयात्मक ढंगबाट अघि वढ्न चाहेको बताउनुभयो ।
उक्त समन्वयात्मक छलफलमा प्रमुख जिल्ला अधिकारी बेध निधि खनालले सुकुटे कोरिडोरलाई पर्यटकिय हब बनाउन समिति निमार्ण गर्न सुझाव दिनुभयो । सुरक्षामा नगरपालिकाले लगानी गर्नुपर्ने औंल्याउंदै प्रमुख जिल्ला अधिकारी खनालले गुणस्तरीय सिसिटिभी फुटेज जडान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले बालुवा गिटी उत्खनन मात्र नभएर अनुगमन गर्न र उद्यमी लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जल्किनेमा पुलिस विट राख्ने गरी समन्वय भईरहेको बताउनुभयो ।
नगरपालिकाले विभिन्न कार्यलय तथा सस्था संग सहजता पूर्वक समन्वयात्मक ढंगबाट अघि बाड्ने देखि बैज्ञानिक बस्तुबादि ढंगबाट कृषिमा भएको बजेट कार्यान्वयन गर्ने कुरामा जोड दिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले नगरको दिगो विकास र योजना तर्जुमाको लागि जिल्लामा रहेका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु सँग समन्वयात्मक बैठक गरेको हो । सदरमुकाम चौतारा तथा नगरपालिकामा रहेका विभिन्न कार्यालयहरु संग जानकारी तथा कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने उदेश्यका साथ नगरपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,घरेलु तथा साना उद्योग ,प्रधानमन्त्री कृषि आधुनिकिरण परीयोजना लगायत जिल्लामा रहेका कार्यलयका प्रमुखहरु सहभागि थिए ।
समन्वयात्मक बैठकमा सबै कार्यालयबाट आएको सुझाव तथा सल्लाहका आधारमा नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्