असोज ८ — चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था, चौताराको अधिवेशनले गुणकेशरी श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । आज शनिबार चौतारामा सम्पन्न संस्थाको १३ औं साधारणसभा तथा चौथौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः रोजिना घतानी, गीता श्रेष्ठ र अप्सरा भूजेल र गीता विक चयन गरेको छ ।
सदस्यहरुमा झुना घले, मैती तामाङ, , रशिला श्रेष्ठ, लालुमाया श्रेष्ठ र लेखा समितिको संयोजकमा बिमला सापकोटा र सदस्यहरुमा कल्पना श्रेष्ठ र शर्मिला श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका संयोजक नरमान श्रेष्ठले जानकारी दिनु भयो ।
सिडिइसिएफ सिन्धुपाल्चोकका उपाध्यक्ष इश्वरीप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व उपप्रमुख जानूका पराजुलीको विशेष आतिथ्यतामा भएको अधिवेशनको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरव वडा न ५ का पूर्व वडाअध्यक्ष नरमान श्रेष्ठ, कृष्ण रत्न गंगा माविका प्रधानाध्यापक डम्बर श्रेष्ठ, महाकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव श्रेष्ठ, महिमा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पानमाया तामाङ र सुआहारा सिन्धुपाल्चोकका मनोज मिश्र लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा स्थापनाकालदेखि संस्थालाई निरन्तर सहयोग गर्दै आउनु भएका सिडिइसिएफ सिन्धुपाल्चोकका उपाध्यक्ष इश्वरीप्रसाद अधिकारी, स्थानीय निर्वाचनमा विजयी संस्थाका सचिव रोजिना घतानी, सानूमाया गुरुङ, उत्कृष्ट बाल बचतकर्ता प्रिया थापामगर, जेष्ठ नागरिक ढकमाया घले र असली ऋणी बसन्ती घलेलाई सम्मान गरेको थिए ।
रोजिना घतानीद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता गुणकेशरी श्रेष्ठ र स्वागत रीना श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्