२०८१ मंसिर ७
                           

निःशुल्क लोकसेवा तयारी कक्षाले विद्यार्थीहरुमा उत्साह

मेलम्ची नगरपालिकाकाले मेलम्चीमा सुरु गरेको निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षा सम्पन्न भएको छ ।

मेलम्ची इन्द्रेस्वरीमा सञ्चालित निःशुल्क लोकसेवा आयोग परीक्षा तयारीमा ३१ जना छात्राहरुको सहभागिता रहेको थियो । राजपत्र अंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदको प्रथम प्रत्र ,द्वितीय पत्र र तृतीय पत्रको ४५ दिने कक्षा सञ्चालन गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ । निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षामा सहभागी विद्यार्थीले उच्चस्तरीय र गुणस्तरीय किसिमले अध्ययन गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

आफ्नै ठाउँमा लोकसेवा अध्ययन गर्न पाएकोमा सहभागि सिर्जना तामाङले खुशि ब्यक्त गर्नुभयो । समापन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले ४५ दिनमा सिकेका कुराहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले हेर्दा विषय सिजलो लागेपनि लोकसेवा उतिर्णहुन त्यति सजिलो नभएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले लोक सेवामा छात्राहरुकोे आर्कषण बढ्दै गएकोले उनिहरुलाई त्यसबारे आवश्यक ज्ञान दिन कक्षा सञ्चालन गरिएको उपप्रमुख उमा प्रधानले बताउनुभयो । प्रधानले कम्तीमा ५ जनाले सरकारी कर्मचारी भएर टिका लगाएर आउनेमा आशावादी रहेको बताउनुभयो ।

कक्षा सञ्चालन मित्र प्रसाद घिमिरे,राम प्रसाद जोशि, दिपराज जोशि र नगरपालिका कर्मचारिहरूबाट भएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिका नगर प्रमुख , उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल ,प्रशासकीय अधिकृत झपेन्द्र खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै विद्यार्थिहरूलाई नायव सुब्बा प्रथम पत्र र नेपालको संविधानको पुस्तक वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्