असोज २१ — मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा एमालेले सिन्धुपाल्चोकको उम्मेदवार टुङ्रगाएको छ । एमालेले सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य सरेश नेपाल र क्षेत्र नम्बर २ मा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङलाई चुनावमा अघि सार्ने भएको छ । प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीले पाएको एमाले स्रोतले जनाएको छ।
प्रतिनिधि सभा १ को प्रदेश सभा क मा कमल नेपाल र ख मा होम नारायण श्रेष्ठले टिकट पाएको एमाले स्रोतले जनाएको छ । उम्मेदवार बन्नको लागि पोलिटब्युरो सदस्य अरुण नेपाललाई आग्रह गरिएको भएपनि प्रदेश सभामा उठ्न तयार नभएपछि नेपाललाई टिकट दिईएको हो । होमनारयण श्रेष्ठ जुगल गाउँपालिका निवर्तमान अध्यक्ष एवम् गाउँपालिका महासंघका अध्यक्ष हुनुहुन्छ भने नेपाल लिसंखुपाखर गाउँपालिका निवर्तमान अध्यक्ष हुुनुहुन्छ ।
प्रतिनिधि सभा २ को प्रदेश सभा क मा भने हालसालै माओवादी छाडेर एमाले प्रवेश गरेका अमान सिं तामाङलाई टिकट दिईएको हो । स्थानीय तह निर्वाचनमै माओवादी छाडेर एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर उठ्ने चर्चा चलेको भएपनि तामाङ माओवादीमै रहेर पार्टीलाई सघाएका पात्र हुनुहुन्छ । सोही क्षेत्रको प्रदेश सभा ख मा भने एमाले पुर्व जिल्ला अध्यक्ष हस्त पण्डित उम्मेदवार बन्नुहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्