२०८१ मंसिर ७
                           

तातोपानी सिमा क्षेत्र केन्द्रविन्दु भएर भूकम्प

कार्तिक २ — सिन्धुपाल्चोकको तातोपानी सिमा क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
नेपाल–चीन सीमा सिन्धुपाल्चोकको तातोपानी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का सिन्धुपाल्चोक ,काभ्रे, धादिङ, गोरखामा पनि महसुस गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा हालसम्म कुनै क्षति भएको जानकारी नरहेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्