२०८१ मंसिर ७
                           

अध्यक्ष राणा भन्छन्, ‘गाउँमा सिंहदरबार हैन, भ्रष्टाचार मौलायो’

काठमाडौँ, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)का अध्यक्ष पशुुपतिशम्शेर जबराले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ ।

विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष जबराले अध्यधिक मूूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे ।

“सिँहदरबारको अधिकार गाउँगाउँमा पुु¥याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुु¥याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएका छन” उनले भने ।

व्यापार घाटाले मुुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको जनाए । भुक्तानी सन्तुलन र विदेशी मुुद्राको सञ्चित पनि ओराले लाग्नु हाम्रा लागि चिन्ताको विषय भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्