सिन्धुपाल्चोक, २० माघ
सिन्धुपाल्चोकबाट काठमाडौ आई अस्थायी वा स्थायी रुपमा बसोबास गर्ने सिन्धुबासीहरुको साझा संस्था सिन्धु मिलन केन्द्रले भोलि माघ २१ गते शनिबार चोभारमा गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेशबाट निर्बाचित माननीयज्युहरुलाई सम्मान गर्दै बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्बाचित कार्यक्रममा उपस्थित हुनु हुने माननीयहरुलाई सम्मान गरिने सो संस्थाका अध्यक्ष ईन्जिनियर गम्भिरलाल श्रेष्ठले जानकारी गराउनु भयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा २०४३ सालमा बिधिबत रुपमा दर्ता भएको सिन्धुबासीहरुको साझा संस्था सिन्धु मिलन केन्द्रले बिगत चार दशकदेखि सिन्धुपाल्चोकका विभिन्न क्षेत्रहरुमा स्वास्थ शिबिर,आर्थिक सहयोग ,बिकास निर्माण कार्यहरुमा सहजीकरण ,सम्मान कार्यक्रम लगायत बिबिध कार्यक्रमहरु गर्दै आएकोमा बिगत केहि समय देखि विविध समस्याले नियमित कार्यक्रम गर्न नसकेको सो संस्थाका महासचिव निर्मल बन्जाराले बताउनु भयो ।
जिल्लाबासीहरु बीच एक आपसमा चिनजान ,सर सहयोग र भाईचारा सम्बन्ध स्थापित गर्दै बिभिन्न सामाजिक कार्यहरु गर्ने उद्देश्यबाट स्थापना भएको सो संस्थाले निकट भबिष्य मै साधारणसभा गर्ने र सो साधारणसभामा अक्षयकोषमा रहेको रकमको ब्याजबाट बिबिध बिधामा छनौट हुनु हुने सिन्धुबासीहरुलाई पुरस्कृत गरिने संस्थाका उपाध्यक्ष एबं अक्षयकोष दाता डा.राम प्रसाद धितालले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्