२०८१ मंसिर ७
                           

तिव्बत विकासको एक नमुना

-गोविन्द पाठक

सन् २०१९ अगस्ट १६ देखि २१ ( बि.स २०७६ साउन ३१ देखि भाद्र ४)सम्म तिब्बतको ल्हासा भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणको क्रममा तिब्बतको इतिहास, विज्ञान प्रविधि, पर्यटन, अर्थतन्त्र, विकास, कृषि, भूूगोल र संस्कृति बारे बुझ्ने र छलफल गर्ने मौका मिल्यो । सुनेको र पढिएको तिब्बत र आफैं गएर हेरेको तिब्बतमा धेरै अन्तर देखियो । ल्हासा र सिगात्सेको भेटघाट र अवलोकनमा मुख्य विषय तिब्बतको तिव्र गतिको विकास नै रह्यो ।
तिब्बतको विकास दिन दुई गुना, रात चौगुना भएको प्रस्ट देखिन्छ । सन् २०१८ मा ९.७ प्रतिशत वार्षिक विकास दर थियो भने यो दर सन् २०१९ मा १० प्रतिशत तोकिएको छ । तिब्बत सरकारको हालको प्राथमिकता पर्यावरण संरक्षण, कृषि उत्पादन, गरिवी निवारण, पर्यटनको व्यवस्थापन, शुद्द पानीको उपलब्धतामा छ । गरिव जनताहरूलाई सरकारले घर बनाएर सित्तैमा दिने रहेछ । जग्गाहरू ७० वर्षको लिजमा जनताहरू र अन्यलाई दिने रहेछन् । स्वास्थ्यमा ८० प्रतिशतदेखि १०० प्रतिशतसम्म अनुदान र शिक्षा निशुल्क प्राप्त गर्न पाउने व्यवस्थाले जनतालाई कति सुविधा छ भन्ने प्रस्ट देख्न सकिन्छ । १४।१५ वर्ष उमेरदेखि ६०।६१ वर्ष उमेरसम्मका जनता लागि सिप र दक्षताका आधारमा कुनै न कुनै रोजगारीमा जोडिएको देखिन्छ ।
६ दिने भ्रमणको क्रममा अवलोकन र अध्ययन गर्दा चिनिया सरकारले तिब्बत क्षेत्रलाई दिएको महत्व, ध्यान र व्यवहार राम्रोसँग बुझ्न सकियो । तिब्बतमा जनसंख्या ३४ लाख छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विज्ञान प्रविधिको विकासको गति नाटकीय रुपमा प्रगति भएको देख्न पाइयो ।
सन् १९८० देखि सन् १०१९ सम्मको अवधिमा करिब १ हजार आयोजनाहरू तिब्बतमा सञ्चालन गरिएका रहेछन् । चिनिया सरकारले यी आयोजनाहरूमा खरवांै चिनिया युआन लगानी गरेको पाइयो । सुख्खा, चट्टानी पहाड र अत्यन्तै भौगोलिक जटिलता भएको तिब्बतलाई एक नमुना भूमिको रूपमा विकास गर्दै लगेको देख्न सखियो । छोटो समयमा आनन्दपूर्वक आफ्नो गन्तव्यमा पुग्न मिल्ने गरी ठुला पर्वत र पहाडहरूमा सुरुङ बनाएरै रेलमार्ग र राजमार्ग सिधा बनाइएको पाइयो । यसले के पुस्टि गर्छ भने कुनै देशको सम्मृद्धि त्यो देशको स्रोत साधनमा हैन राजनीतिक संरचना, वित्तिय संरचना र नीतिगत विकास कति तगडा छ भन्नेमा भर पर्ने कुरा प्रस्ट पारेको छ । तिब्बतमा सरकारलाई राजनीतिक पाटीको नीतिले सञ्चालन गर्ने रहेछ । मुख्य रूपमा राजनीतिक पाटीको नेतृत्व हुने र कार्यन्वयन सरकारले गर्ने तर जस अपजस पाटीले नै लिने रहेछन् ।
तिब्बतले सयांै रोपनीमा कृषि र खेती किसानी व्यावसाय सञ्चालन गरेको छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै सयांै रोपनी जग्गामा फलफूल, खाद्यन्न, तरकारी र औषधिजन्य उत्पादन गरिएको प्रस्ट देखिन्थ्यो । ग्रिनहाउस प्रविधिलाई प्रयोग गरी आफूलाई चाहिने र अन्य मूलुकलाई निर्यात गर्न मिल्ने दिशातर्फ तिब्बत लागिरहेको छ ।
सन् १९५९ अघि तिब्बतमा कुुनै आधुनिक उद्योगको स्थापना भएको थिएन । तर आज हाइड्रो र सोलार उर्जा, खानी, मेसिनरी, केमिकल, फर्मासिक्युटिकल, गाँै र जौबाट उत्पादन हुने खानेकुरा, थाङका लगायतका अन्य धेरै क्षेत्रमा आधुनिक उद्योग स्थापना भई तिब्बतको आर्थिक विकासमा सकारात्मक सहयोग गरिरहेका छन् । साथै पर्यटन, होटल, संस्कृति, मनोरञ्जन तथा अन्य धेरै उद्योगले आफ्नो क्षेत्रको बिस्तार व्यापक रूपमा बढाइरहेका छन् । सन् २०१८ मा तिब्बतमा तीन करोड भन्दा बढी पर्यटक भित्रिएको पाइन्छ । जस मध्ये तीस लाख पर्यटक विदेशी नै भित्र्याउन सफल भएको छ । यहाँको मनमोहक हरियाली र सुविधाजनक पर्यटकीय विकास तिव्र गतिमा भएका कारण आगामी वर्षहरूमा तिब्बत भित्रिने पर्यटक संख्या दर निक्कै वृद्धि हुने देखिन्छ ।
सन् २०२० सम्ममा गरिवी निवारण गर्ने रणनीति रहेको देखिन्छ । जस अनुसार गरिवीसँग प्रविधिलाई जोेडेको पाइन्छ । उपयुक्त ज्ञान र सिप भएकालाई सरकारले ऋण दिएको छ । ऋणबाट आउने ब्याज गरिवको नाममा फ्याक्ट्रिमा सेयर दिएको छ । सावा सरकारलाई केही वर्षमा फिर्ता गर्ने नीति लिनुका साथै स्थानीय गरिवहरूलाई त्यही फ्याक्ट्रिमा रोजगारीको व्यवस्था गरिदिएको छ । साथै स्थानीय उत्पादन जस्तै गाँै र जौ चलन चल्तीको भाउभन्दा बढीमा फ्याक्ट्रिले किनिदिने ग्यारेन्टी गरिदिएको छ ।
तिव्बतको भूगोल अचम्मको छ । यसलाई तीन भागमा विभाजन गरिएको छ । १.उत्तरी तिब्बत २.यारलुङ जाङवो नदी ३. पूर्वी तिब्बत । .तिब्बत संसारको सवैभन्दा अग्लो अक्षांशमा अवस्थीत भएकोले यसलाई संसारको छानो र विश्वको तेस्रो खम्बा समेत भन्ने गरिन्छ । यहाँका विभिन्न पहाडहरूमध्ये ६० भन्दा बढी पहाडहरू ७ हजार मिटर अग्ला छन् । त्यहाँ वर्षभरि ३ हजार घण्टा घाम लाग्छ, त्यसैले यसलाई घामको सहर भनिन्छ । त्यहाँ साझको ८ वजे सम्म पनि छर्लङ्ग घाम लागेको देख्न सकिन्छ । त्यहाँ लाग्ने अत्याधिक घामलाई उपयोगमा ल्याउन सोलार सिस्टमको व्यापक विस्तार गरिएको छ । जसका कारण प्रयाप्त उर्जा निकालिएको छ ।
यहाँ वर्षभरि नै न धैरै गर्मी न धेरै जाडो मध्यम खालको मौसम पाइन्छ । तरपनि एकै दिनमा रात र दिनको तापक्रम निकै भिन्नता हुने गर्छ । यो उचाइमा रहेको कारण अक्सिजनको मात्रा कम छ । त्यसकारण तिब्बती सरकारले हजारांै हजार रुख रोपी जंगल वढाउन कोशिस गरेको प्रस्टसँग अवलोकन गर्न सकिन्छ ।
तिब्बत सांस्कृतिक सम्पदाले धनी छ, साथै यहाँको औषधिको विकास र अभ्यास पनि हेर्न र सिक्न लाएक छ । यहाँको थाङका पेन्टिङ, गीत सङ्गीत जस्मा नाच्न, गाउन र वजाउन एक साथ सक्ने कुराले मन रोमान्चित बनाउँछ ।
ल्हासाको रमणीय स्थलमा पोटाला दरवार, जोखाङ्ग मन्दिर, रामोचे मन्दिर, नोर्वुलिङ्गका पार्क, नाम्के लेक र मुख्य तिन विहार सेरा मोनास्ट्री, गान्देन मोनास्ट्री र ड्रेपुङ मोनास्ट्री पर्छन । अझै ल्लासावाट काठमाण्डौ आँउदा देखिने सगरमाथाको र कैलाश मानसरोवरको मनोेरम दृश्यले त्यस क्षेत्रको महत्व अझै बढाएको छ, साथै नेपाल र तिब्बतको सम्बन्ध मझबुत बनाएको छ ।
७ औ सताव्दिमा सुरुवात गरी निर्माण गरिएको अमूल्य सांस्कृतिक अवशेष हो पोताला दरवार । यो युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको छ । यसमा १३ तला छ । यो चट्टानमाथि निमार्ण गरिएको विश्व कै नमुना दरवार हो । त्यस्तै जोखाङ मन्दिर पनि तिव्बतको महत्व्पूर्ण धरोहर हो । यो जोखाङ् मन्दिर वौद्द परम्परा र नेपाली कलाको प्रयोग गरी भृकुटीको समयमा निर्माण गरिएको हो ।
नेपाल तिब्बत सम्बन्ध धेरै पुरानो छ । तिब्बतका अधिकारीहरूले नेपालसँगको सम्बन्धलाई निकै महत्वका साथ लिएको देखिन्छ । नेपालको तिब्बतसँग कस्तो सम्वन्ध छ भन्न ेकुराको प्रमाण ल्हासामा रहेको नेपालको महावाणिज्य दूताबास प्रमाण हो । तिब्बतमा रहेको यो दूताबास एक मात्र कुटनीतिक नियोग हो । सन् १८५६ मा वकिल अफिस भनेर नेपालको कूटनीतिक कार्यालय ल्लासामा खुुलेको थियो । जव सन् १९५५ मा नेपाल चीन बीचमा कूटनीतिक सम्बन्ध स्थापित भयो तव अर्को वर्ष सन् १९५६ मा नेपाली महावाणिज्य दूताबास ल्हासा भनेर नाम परिवर्तन गरियो । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरू पनि तिब्बत पुग्नुभई नेपालसँग सीमा जोडिएको तिब्बतसँगको सम्बन्ध विशेष रहेको र थप प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिनु हुने कुरा ल्हासा स्थित नेपाली महा बाणिज्य दुत गोविन्द बहादुर कार्किले बताउनु भयो ।
भृकुटी, मञ्जुश्री, अरनिको जस्ता व्यक्तित्वहरूले नेपाल तिब्बत बीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाइरहेको देखिन्छ ।
वि.स. २०२४ मा अरनिको राजमार्गले चीन र नेपाल जोडियो । बि.स २०७२ सालमा आएको भुकम्पले अरनिको राजमार्गको बाह्रबिसेदेखि मितेरी पूलसम्मको खण्ड क्षति गरेको थियो । जसले गर्दा यातायात र आवतजावत बन्द भएको थियो । हाल चीन सरकार र नेपाल सरकारको सव्रिmयतामा २०७६,जेष्ठ १५ गते पुनः सञ्चालनमा आएको छ ।
नेपाल र तिब्बतबीच पारस्परीक हितका विषयमा छलफल गरी समझदारी भइरहेको छ । नेपाल र चिनिया पर्यटकको आवतजावतको लागि सहज बनाउने सम्बन्धी दुवै पक्ष सकारात्मक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्