२०८१ मंसिर ६
                           

जन विकास माविमा विदाई तथा सम्मान

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–११ पाथीभरास्थित जन विकास माध्यमिक विद्यालयमा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रमका बीच सेवा निवृत शिक्षक र प्रधानाध्याकलाई विदाई गरेको छ । चौतारा साँगाचोकगढी न.पा.–११ निवासी विद्यालयका निवर्तमान प्रधानाध्यापक शंकरप्रसाद पराजुली र शिक्षक गोविन्दप्रसाद पराजुलीलाई सम्मान पत्र सहित विदाई गरिएको हो ।

विद्यालयमा वि.स.२०५४/०५/११ देखि २०६५ सम्म प्राथमिक तह शिक्षक र २०६५ देखि २०७९/११/११ सम्म प्रधानाध्यापक पदमा रही विद्यालयको शैक्षिक, भौतिक सुधारमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै निवर्तमान प्रधानाध्यापक शंकरप्रसाद पराजुली र विद्यालयमा वि.स.२०६८/०५/२५ देखि २०७९/११/११ सम्म प्राथमिक शिक्षक गोविन्दप्रसाद पराजुलीलाई विद्यालयले प्रशंसा –पत्र र मायाको चिनो करुवा प्रदान गर्दै विदाई गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अशोक पराजुलीले बताउनुभयो ।

विद्यालय ब्यबस्थापन समितिको शुक्रबार नै बसेको बैठकले विद्यालयमा रिक्त रहेको प्रधानाध्यापकमा विद्यालयमा निमावि दरबन्दीमा कार्यरत शिक्षक विरेन्द्र राज गिरीलाई प्रधानाध्यापक पदमा नियुक्ति गरेको छ । नयाँ नियुक्त हुनुभएका प्रधानाध्यापक विरेन्द्र राज गिरीले विद्यालयको बर्तमान शैक्षिक गुणस्तर,भौतिक विकास र विद्यालयको सर्वाङ्गिण विकासका निमित्त हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै बिब्यसको बैठकले विद्यालयको सहायक प्रधानाध्यापकमा शिक्षक रुद्रप्रसाद पराजुलीलाई नियुक्त गरेको छ भने माध्यमिक तह इन्चार्जमा शिक्षक भुवनसिं फाल,निमावि इन्चार्जमा हिरामाया गिरी,प्रावि इन्चार्जमा अच्युतप्रसाद पराजुली र पुर्व प्रावि इन्चार्जमा जानुकादेवि नेपाल पराजुलीलाई नियुक्त गरेको प्रधानाध्यापक विरेन्द्र राज गिरीले बताउनुभयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अशोक पराजुलीले जन विकास माध्यमिक विद्यालयलाई एउटा नमूना विद्यालयमा रुपान्तरण गर्ने अठोट सहित सहकार्य र हार्दिकतापुर्वक नयाँ टिम अगाडी बढ्ने अपेक्षा सहित बिब्यसको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता सहित बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्