२०८१ मंसिर ६
                           

खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी ३ दिने तालिम सकियो

सिन्धुपाल्चोक ,२४ चैत
भोटेकोशी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखा र प्रतिबद्ध परियोजना–२ को संयुक्त आयोजनामा भोटेकोशी गाउँपालिकाको ५ वटै वडाहरुको विपद व्यवस्थापन समितिका सदस्यहरु र सामुदायिक विपद् जोखिम तथा न्यूनिकरण समितिको सदस्यहरु र विभिन्न कार्यदलका सदस्यहरुलाई खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ ।

३÷३ दिनको ३ वटा तालिम, २०७९ चैत्र १४ गतेबाट सुरु भइ चैत्र २२ गते समापन भएको छ । उक्त तालिममा महिला १९ जना र पुरुष ६९ गरि जम्मा ८८ जनाको सहभागीता रहेको थियो । रेडक्रस सोसाइटी, तातोपानी उपशाखाको अध्यक्ष  विष्णु श्रेष्ठको अध्यक्षतामा र भोटेकोशी गाउँपालिकाको अध्यक्ष  पासाङनुर्पु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन भएको थियो भने उपाध्यक्ष  दिछेन शेर्पा ज्यूको प्रमुख आथित्यतामा र प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर बस्नेतको विषेश आतिथ्यतामा तालिमको समापन गर्नुभएको थियो ।

भोटेकोशी गाउँपालिकामा युरोपियन युनियनको आर्थिक सहयोग र पिपुल इन निड, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त प्राविधिक साझेदारीमा सञ्चालन भएको प्रतिबद्ध परियोजना अन्तर्गत विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धी कार्यहरु विगत २ वर्ष देखि सञ्चालन भइरहेको छ ।

प्रतिबद्ध परियोजनाको अगुवाइमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा जोखिमबस्तीहरुमा भौगर्भिक अध्ययन, जोखिमवस्तीहरुको वर्गिकरण, जोखिमवस्तीहरुको स्थनान्तरण तथा मनसुनजन्य विपद्बाट क्षेती भएका घरहरुको पुननिर्माणमा समेत सहजिकरण गदैआइरहेको छ । विपद्जन्य प्रकोपबाट मानवीय तथा भौतिक सम्पत्तिको क्षती न्यूनिकरण गर्न विपद् सम्बन्धी सचेतिकरण र विपद् पूर्व कार्य तथा पूर्व तयारीका कृयाकलापहरुलाई मध्येनगर गरि उक्त तालिम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्