किशमा किशोर / चौतारा । यस्तो समय पनि थियो जतिबेला घरको चौघेराबाट पाइला झिक्न डराउनुपथ्र्याे उनलाई । परिवारका अभिभावक अनि समाजकै डरले उनले आफूलाई घरभित्रकै चुल्होचौकाका सिमित राखेकी थिइन् । यो उनको बाध्यता थियो ।
तर, अहिले उनको जीवन उतिबेलाको जस्तो छैन । उनी अहिले खुला छिन् र सबैको प्रिय पनि । कारण उनी अहिले उद्यमी बनेकी छन् । हो, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाकी लक्ष्मी पुरी अहिले गाउँमै खेर गइरहेको बाँसको प्रयोगले व्यवसायी बनेकी छन् । उनले बनाएको बाँसले बनाएका सामग्री छिमेकी मुलुक चीनमासमेत निर्यात हुन थालेको छ ।
अहिले पुरीको दैनिकी बाँसमै सामग्री बनाएर बित्छ । उनीसहित गौराती भिमेश्वर महिला सञ्जालका सदस्यहरू बाँसको प्रयोग गरेर मुढा बनाउँछन् । ‘चीन लैजान थालिएपछि हामी झनै उत्साहित भएका छौं,’ उनी भन्छिन्, ‘समूहमा काम गर्छाै, स्थानीय सरकारको सहयोगले पनि हामीलाई हौसाएको छ ।’ स्थानीय बजारमा पनि मुढा खपत हुने हुँदा आफैँ आत्मनिर्भर हुन सकेको उनले सुनाइन् ।
नगरले हरेक गाउँमा उद्योगको परिकल्पना गरेको छ । सुरुआतमा महिलाहरुलाई उद्यमी बनाउँदै लगेर गाउँमै उद्योग स्थापनाका लागि खुड्किलो तयार गरिदै गरेको अवस्था हो ।
उनले मुढा बनाउन यस्सै थालेकी हैनन् । गाउँघरमा सामान्य खेती गर्दै आएकी उनलाई बाँदरले पिरलो थप्योे । लगाएका अन्नबालीलाई बाँदरले सखाप पार्दथ्यो । अनि उनले विकल्प रोजिन् वैकल्पिक व्यवसाय । रोजाइमा प¥यो बाँसका मुढा बनाउने । ‘बाँदरले दिक्कै लगाउँथ्यो अनि अरु केही काम गरुँ भन्ने सोच आएको हो,’ उनी भन्छिन्, ‘दिन रात बाँदर कुर्नुभन्दा केही कमाइ पनि हुने यही पेसा निकै ठिक लाग्यो ।’
चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिला उद्यमी बन्ने क्रम बढ्दो छ । यसको अर्काे उदाहरण हुन् चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुकी सृजना वि.क । उनलाई एक सफल उद्योगी मानिन्छ ।
विकले कपडा सिलाईकटाईको व्यवसाय गर्न थालेकै १२ वर्ष बित्यो । यो क्रममा उनले निकै चुनौतीको सामना गरिन् । आफैँ अघि बढ्नुपर्छ भने संकल्प लिएर सुरु गरेको व्यवयायबाट उनी अहिले निकै सन्तुष्ट छिन् । ‘आफ्नै कमाइले घरव्यवहार चलाउँछु, अरु कसैको भर पर्नुपर्दैन,’ उनी भन्छिन्, ‘पहिले सामान्य सीप सिकें, अनि आँट गरेर काम गर्न थालें, अहिले सफल उद्यमी बनेकी छु ।’
हरेक गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन कृषि, उद्योगलाई जोड दिई गाउँमै दक्ष जनशक्ति तयार गर्ने लक्ष्य छ,’ उपप्रमुख सीता भन्छिन्, ‘घरघरमा रोजगारको व्यवस्था र एक वडा एक उत्पादनलाई प्रोत्साहित गर्ने चुनावी घोषणा थियो, त्यसैलाई पूरा गर्ने आधार नै उद्यमीलाई सहयोग गर्नु हो ।’
उनी जस्तोखाले पनि कपडा सिलाउँछिन् । र, त सिकाउँछिन् नयाँ व्यवसाय गर्न चाहने महिलाहरुलाई आफ्नो सीप ।
सृजनाको कामप्रतिको मेहनत र लगनशीलता देखेर अन्य महिलाहरु पनि यस पेसाप्रति आकर्षित भए । उनी पथप्रदर्शक बनिन् । उनकै सिको गर्दे अहिले धेरै महिलाहरु वयवसायिक बनेका छन् । आत्मनिर्भर बनेका छन् । ‘मलाई यो पेसाप्रति निकै गर्व लाग्छ, र खुशी पनि छु ।’ उनले भनिन् ।
यसअघि घरायसी काम र परिवारमा पुरुष सदस्यकै कमाइमै निर्भर रहेका यहाँका महिलाले पछिल्लो समय आत्मनिर्भर बन्न व्यवसाय रोज्न थालेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीकी उद्यमी लक्ष्मी नेपालले उद्यम गर्दा समयको सदुपयोग मात्रै नभई हातमा सीप हुनुका साथै आयआर्जनसमेत भएको बताइन् । ‘हामी पहिला उत्तिकै घरमा बसिरहेका हुन्थ्यौं,’ उनी भन्छिन्, ‘अहिले यो सीप सिकेर हामी आफैँमा आर्थिक अवस्थामा बलियो पनि भएका छौं ।’ उनले महिलाहरु परनिर्भर नरहन हरेकले केही सीप सिकेर व्यवहारमा लागू गरी आफैँमा निर्भर रहनुपर्ने बताइन् ।
‘कमाईं हुँदा र नहुँदा समाजले हेर्ने दृष्टिकोण फरक हुँदोरहेछ, पहिला बेवास्ता गर्नेहरु आफ्नो हातमा सीप र कामसमेत हुँदा नजिक आएर बोलिदेओस् भन्ने सोच्दारहेछन् ।’ लक्ष्मीले अनुभव सुनाइन् ‘झनै हातमा केही पैसा हुने भएपछि मानिसको व्यवहार नै फरक हुँदोरहेछ ।’
यो नगरपलिकामा सिलाईकटाई, मुढा बनाउने मात्रै नभई गलैंचा बुन्ने खोस्टाको सामग्री बनाउने, डोको बुन्ने, ब्युटीसियन काम गर्ने उद्यमीहरु प्रशस्तै छन् । उनीहरुलाई थप व्यवसायी बनाउन नगरपालिकाले सहयोगसमेत गर्दै आइरहेको छ ।
हरेकजसो गाउँ–गाउँमै महिला उद्यमीहरु बढेसँगै युवतीहरुले पनि सीप सिक्ने मात्रै नभई कामसमेत पाएका छन् । निम्न आयस्रोत भएका महिलाहरुलाई त्यही सीप अहिले आयआर्जनको माध्यम बनेको छ । यहाँबाट आम्दानी भएको पैसाले उनीहरु घरखर्च धान्ने, छोराछोरीको अध्ययनमा सहयोग गर्ने लगायतमा खर्चिन्छन् । अधिकांश महिलाले भने आम्दानी भएको रकम सञ्चय गर्नेसमेत गरेका छन् ।
स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी नगरवासी महिलाहरुले गाउँमै व्यवसाय गरेर गाउँलाई आर्थिक समृद्धितर्फ डोहो¥याइरहेका छन् । सधँैजसो खेतीपाती, घाँस–दाउरा तथा चुलोचौकामा ब्यस्त हुने महिलाहरुलाई अहिले आफ्नो व्यवसाय गर्न भ्याइनभ्याई छ । कपडा सिलाउने, मुढा बुन्ने, गलैंचा बुन्ने चटारोले अहिले हरेकजसो गाउँका महिलाहरुलाई छोएको छ । ‘सँगैका साथीहरु यो पेशामा लागेकाले मलाई पनि इच्छा भएको हो,’ लक्ष्मी भन्छिन््, ‘गाउँमै बसेर कम्तीमा पनि मासिक १५/२० हजार रुपैयाँसम्म कमाई हुने भएपछि गाउँवासी महिला यसैमा खुशी छन् ।’ उनले गाउँमै राम्रो आम्दानी हुने भएपछि विदेशमा युवा पलायन रोकिइने विश्वास व्यक्त गरिन् ।
व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका महिलाहरुलाई बिहान बेलुकाको छाक टार्न निकै सजिलो भएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरुले विदेशिएका युवायुवतीलाई चुनौती दिएका छन् ।
पछिल्लो समय गाउँका युवाहरुमा विदेश मोह बढेको स्वीकार्दै उनले महिलाहरुले गरेको यो पेशा पुरुषका लागि चुनौती रहेकोसमेत सुनाइन् । ‘गाउँकै महिलाहरु एकजुट भएर गाउँमै रोजगारीको वातावरण सिर्जना गरिरहेका छन्,’ उनी भन्छिन्, ‘अब पुरुषहरु पनि यसरी नै एकजुट भई गाउँमै रोजगार हुनुको विकल्प छैन ।’ उनले गाउँमा महिला उद्यमी बढ्दै गर्दा पुरुषहरुका लागि रोजगारीको चुनौती भएको बताइन् । ‘गाउँलाई समृद्ध बनाउने भूमिका सबैको हो । जसका लागि अर्थतन्त्रमा अब्बल हुनु जरुरी छ ।’ उनले भनिन् ।
नगरपालिकाले पनि यस्ता उद्यम गर्न चाहने महिलाहरुका लागि विभिन्न सहयोग गर्दै आइरहेको छ । जसका कारण गाउँमा उद्यमी महिलाहरु पनि उत्साहित छन् । हालै मात्र नगरपालिकाको सहयोगमा महिलाहरुका लागि ४५ दिने एड्भान्स सिलाईकटाई तालिम गरिएको नगरकी उपप्रमुख सीता थापाले जानकारी दिइन् । ‘महिला, पिछडिएका वर्ग, दलित, जनजाति, सीमान्तकृतलगायत समुदायमा रोजगारीको सिर्जना गर्न नगरले पहलकदमी लिएको छ,’ उनले भनिन्, ‘त्यस्ता वर्गलाई स्वरोजगार बन्नका लागि सीप तथा आयमूलक तालिमहरु सञ्चालन गरेर आफ्नै खुट्टामा उभिने वातावरण गरिनुपर्छ, त्यो निकै आवश्यक हो ।’ महिला उद्यमीबाटै आयाआर्जनमा वृद्धि गरी नगर समृद्ध बन्न सक्छ भन्ने उदाहरण देखाउनेतिर लाग्न पनि यस्ता खाले उद्यमीलाई अगाडि बनाउनुपर्ने उनले बताइन् ।
नगरले हरेक गाउँमा उद्योगको परिकल्पना गरेको छ । सुरुआतमा महिलाहरुलाई उद्यमी बनाउँदै लगेर गाउँमै उद्योग स्थापनाका लागि खुड्किलो तयार गरिदै गरेको अवस्था हो । ‘हरेक गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन कृषि, उद्योगलाई जोड दिई गाउँमै दक्ष जनशक्ति तयार गर्ने लक्ष्य छ,’ उपप्रमुख सीता भन्छिन्, ‘घरघरमा रोजगारको व्यवस्था र एक वडा एक उत्पादनलाई प्रोत्साहित गर्ने चुनावी घोषणा थियो, त्यसैलाई पूरा गर्ने आधार नै उद्यमीलाई सहयोग गर्नु हो ।’
आइपरेका अनेकन समस्या पन्छाएर व्यवस्थापन गर्दै सिलाई कटाई, गलैचा, बाँसको मुढा, डोको, व्युटिसियन, खोस्टाका अन िढाकाका सामग्रीजस्ता व्यवसाय गर्दै महिलाहरुअग्रसर हुन थालेका छन् । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका हुन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा लागेकाहरुलाई थप हौस्याउन नगरपालिकाको सधैँ सहयोग रहने उपप्रमुख सीताले बताइन् ।
प्रतिक्रिया दिनुहोस्