२०८१ मंसिर ७
                           

आयआर्जनका लागि चेतना मातृशिशुले दियो ८ महिलालाई अनुदान

चौतारा । चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई रकम वितरण गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको ससर्त अनुदान अन्तर्गतको रु दुई लाख रुपैया अनुदान रकम आयआर्जनका लागि ८ जना महिलाहरुलाई जनही २५ हजारको दरले आज नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वितरण गर्नु भएको हो ।
सो अवसरमा वितररित रकमबाट परिणाम आउने गरि आयआर्र्जनमा वृद्धि भएको पाइएमा नगरले पुन सहयोग गर्ने नगरप्रमख सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वितरित रकमको सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो ।
पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले जुन उदेश्यका लागि रकम प्राप्त भएको छ, सोही उदेश्यमा रकम लगानी गर्न अनुरोध गर्नुभयो भने नगर स्वास्थ्य प्रमुख शिव पुरीले वितरित रकमबाट आयआर्जनमा सुधार गरि पोषणमा समेत लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
संस्थाका अध्यक्ष गुणकेशरी श्रेष्ठले अनुगमनको पाटोलाई बलियो बनाउँदै सही लगानी गर्ने उत्कृष्ट महिलालाई आगामी दिनमा संस्थाबाट थप पुरस्कारको व्यवस्था गरिने बताउनु भयो ।
संस्थाका उपाध्यक्ष रोजिना घतानीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा न ५ आवश्यकता र न्यून आय भएको महिलाहरु छनौट गरि रकम विगरण गरिएको जनाएको छ । संस्थामा ६ सयभन्दा बढी सेयर सदस्य रहेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्